काठमाडौँ । ललितपुरको पाटन दरबार स्क्वायरमा छुरा प्रहारबाट दुई युवकको हत्या भएको छ। झापा घर भई ललितपुर बसोबास गर्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सिर्जन नेम्वाङको हत्या भएको ललितपुर प्रहरीले जनाएको छ।
ललितपुर जिल्ला प्रहरी परिसरका एक अधिकारीका अनुसार हत्यामा संलग्न सञ्जीव नेपालीलाई नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार सिर्जन नेम्वाङले अर्को व्यक्तिको नम्बर ठानेर डायल गर्दा सञ्जीव नेपालीको नम्बरमा फोन गएको थियो।
फोनमार्फत भएको भनाभन पछि दुवै पक्षबीच भेटेरै कुरा गर्ने सहमति भएको थियो। सोही क्रममा बुधबार दिउँसो करिब ४ बजेतिर पाटन दरबार क्षेत्रमा भेट हुँदा विवाद चर्किँदै जाँदा सञ्जीव नेपालीले छुरा प्रहार गरेका थिए।
घटनामा गम्भीर घाइते भएका दाजुभाइलाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो। उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटना भएको केही मिनेटभित्रै संलग्न दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend