Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • श्रम स्वीकृतिमा टोकन प्रणाली हट्यो, आवेदन दिएकै दिन स्वीकृति पाइने


    सोमबार, चैत्र १६ २०८२
    360
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आजदेखि श्रम स्वीकृतिमा टोकन प्रणाली हटाइएको छ। यसअघि टोकन प्रणालीमार्फत दैनिक निश्चित संख्यामा प्रदान गरिँदै आएको अब आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने भएको हो।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिन श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको थियो । सोही आधारमा विभागले आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको हो ।

    तोकिएको कागजात पेश भएको अवस्थामा सोही दिन श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति हुने व्यवस्था गरिएको विभागले जनाएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साहको उपस्थितिमा आइतबार बसेको बैठकले सुधारका काम अघि बढाउने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार