काठमाडौँ। सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न प्रहरीले नियन्त्रणमा लिएका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन्।
उनलाई आइतबार बिहान टिचिङ अस्पताल महाराजगन्ज भर्ना गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
काठमाडौं जिल्ला अदालतले उनलाई अनुसन्धान निम्ति ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार बिहान खड्कालाई अनुसन्धान गर्न पक्राउ गरेको थियो। उनको बयान लिन सुरू भइसकेको छ।
‘दिपक खड्काको बयान कार्य सुरू भए पनि उनीविरूद्ध प्रमाण बुझ्ने तथा अनुसन्धानसम्बन्धी कार्य बाँकी रहेकाले प्रतिवादीलाई हिरासतमा राख्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुमति माग गरेको र त्यो बेहोरा मनासिब देखिँदा आइतबारदेखि लागू हुने गरी ७ दिन म्याद थपको अनुमति प्रदान गरिएको छ,’ अदालतको आदेशमा भनिएको छ।
खड्काविरूद्ध भदौ २४ गते उनको घरमा जलेका नोटको सम्बन्धमा अनुसन्धान अघि बढाइएको हो
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend