Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • ओली-लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति


    आइतबार, चैत्र १५ २०८२
    415
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

    आइतबार न्यायाधीश आनन्द श्रेष्ठको इजलासले ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

    गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन दमनबारे जाँचबुझ गर्न गठित आयोगले ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।

    आज अदालतमा लेखक आफैँ उपस्थित भएका थिए भने ओली भने बिरामी भएका कारण त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल उपस्थित भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार