यसरी हुन्छ, अटो र सिटीमा तस्करी
सिरहा । नेपाल–भारत सीमा क्षेत्रमा तस्करी रोकिन सकेको छैन । सीमा सुरक्षा र भन्सारछली तस्करी नियन्त्रणमा खटिएका सशस्त्र प्रहरीका अधिकारीले नै घुमुवामार्फत् ब्यापारीलाई तस्करीको लाइन दिएर लाभ लिने गरेका छन् ।
सिरहाको बीओपी बरियारपट्टिका इन्स्पेक्टर पशुपति खनालले राखेका सादा पोशाकका घुमुवा अर्जुन ठाकुरले दररेट अनुसार लिएर तस्करीको लाइन दिएका छन् । सशस्त्र प्रहरी जवान ठाकुरले प्रत्येक ब्यापारीसँग बीओपीका इन्चार्ज खनाल र आफ्ना लागि दररेट तय गरी लिने गरेका छन् ।
बरियारपट्टि नाकालाई अहिले तस्करहरूले सुरक्षित (सेफ जोन) का रूपमा प्रयोग गरिरहेका छन् । जहाँबाट कपडा, इलेक्ट्रोनिक्स, सख्खर, चिनी, ड्यू, चिनी, खैनी–गुट्खा, हार्डवेयर रङ(पेन्ट) का सामान भन्सारछली गरी नेपालतर्फ ल्याउने गरिएको छ । बरियारपट्टि नाकबाट लागूऔषध समेत भित्रने गरेको छ ।
बरियारपट्टि नाकाबाट निमाला यादवले दुध, खैनी–गुट्खा, पेन्ट, कपडा र हार्डवेयर सामान ल्याउने गरेका छन् ।
जिवछा चौधरीले किराना सामान, दुध, खैनी–गुट्खा, अमती यादवले रजनीगन्धा, राजनिवास जस्ता गुट्खा, दुध, चिनी ल्याउने गरेका छन् । तीनै जनाले अटो, सिटी र बसमा ढुवानी गरी सामान ल्याउने गरेका छन् । इन्स्पेक्टर खनाल बुधबारदेखि बिदामा बसेपछि घुमुवा ठाकुरले झन् बढी तस्करीका सामान पार गराउन भूमिका खेलेको आरोप छ ।
बीओपी इन्स्पेक्टर र प्रदेशबाट आएका घुमुवा दुवै पक्षलाई छुट्टाछुट्टै वा संयुक्त रूपमा मासिक बुझाएर तस्करी सुचारु गरिएको छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend