Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ बृद्धि


    बुधबार, चैत्र ११ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले बुधबार पेट्रोलमा प्रतिलिटर रु. १५ र डिजल र मट्टितेलमा पनि प्रतिलिटर रु. १५ ले नै मूल्यबृद्धि गरेको जनाएको छ ।

    निगमले १५ दिनअघिमात्र पेट्रोलमा १५ रुपैयाँ र डिजल र मट्टितेलमा १० रुपैयाँले बृद्धि गरेको थियो । १५ दिनपछि पुनः पेट्रोेल, डिजल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले बृद्धि गरेको छ । बृद्धि भएको मूल्य बिहीबारदेखि लागू हुने निगमले जनाएको छ ।

    मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बृद्धि भई १८४ रुपैयाँ पुगेको छ भने दोस्रो वर्गका लाथिग १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ पुगेको छ ।

    यस्तै डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गका लागि १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुग्दा दोस्रो वर्गका लागि १६६ रुपैयाँ र तेस्रो वर्गका लागि १६७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

    बिगत एक महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको निगमले बताएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार १५ दिन (१६ देखि ३१ मार्च सम्म) मा निगमको रु. ५ अर्व घाटा हुने निगमको भनाइ छ । पछिल्लो समयको मूल्य बृद्धिको प्रक्षेपणलाई आधार मान्दा आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने निगमको दाबी छ ।

    निगमले मार्च १ देखि मार्च २४, २०२६ सम्म निगमले खरिद गर्ने पेट्रोलको मूल्यमा प्रतिलिटर रु. ७६ र डिजलमा प्रतिलिटर रु. १४३ बृद्धि भएको निगमको भनाइ छ ।

    मूल्यसूची

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार