Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • बालेनको शपथ लगत्तै बालुवाटार छाड्ने प्रधानमन्त्री कार्कीको तयारी


    मंगलबार, चैत्र १० २०८२
    480
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शपथ लिएकै दिन बालुवाटारको सरकारी निवास छाड्ने भएकी छन्।

    बालेन शाहले चैत १३ गते शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्रीको शपथ लिँदैछन् ।

    प्रधानमन्त्री कार्की गत भदौ २७ मा प्रधानमन्त्री नियुक्त भएपछि सरकारी निवास बालुवाटारमा बस्दै आएकी थिइन् ।

    जेनजी आन्दोलनपछि ६ महिनाभित्र निर्वाचन गराउने म्याण्डेट पाएकी कार्कीले निर्वाचन सम्पन्न गराएर परिणाम आएसँगै नयाँ प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गरेर निजी जीवनमा फर्कन लागेकी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार