सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा उखु खेतमा भीषण आगलागी हुँदा करिब २० बिघा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ ।
रामनगर गाउँपालिका–१ महादेव टोलको पूर्वपट्टि रहेको खेतमा मंगलबार आगलागी भएको हो । स्थानीयका अनुसार तयारी अवस्थामा रहेको उखु खेतमा अचानक आगो फैलिँदा ठूलो क्षति भएको हो ।
स्थानीय अच्चेलाल रायले काटेको उखु खेतमा जलाइएको उखुको परालबाट आगो सल्किएको र त्यसले वरपर लगाइएको उखुमा फैलिँदा करिब २० बिघा क्षेत्रफलमा लगाइएको उखु जलेको बताइएको छ ।
घटनास्थलमा स्थानीय बासिन्दा तथा किसानहरूले आगो निभाउने प्रयास गरिरहेका छन् भने आगलागी नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको छ ।
आगलागीबाट भएको क्षतिको विवरण संकलन भई रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएका छन् ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend