Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न काँग्रेसको माग


    आइतबार, चैत्र ८ २०८२
    375
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग औपचारिक माग गर्ने निर्णय गरेको छ।

    पार्टीको जारी केन्द्रीय समिति बैठकमा जेन जेड आन्दोलनसम्बन्धी घटनाको अध्ययनका लागि गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय उठेपछि यस्तो निष्कर्ष निकालिएको हो। उक्त आयोगको नेतृत्व पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले गरेका थिए।

    महामन्त्री प्रदीप पौडेलका अनुसार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्वभित्र पर्ने विषय भएकाले त्यसका लागि पार्टीले औपचारिक रूपमा ध्यानाकर्षण गराउने छ।

    भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिनका लागि सरकारले आयोग गठन गरेको थियो। आयोगले करिब छ महिनाभन्दा बढी समय लगाएर प्रतिवेदन तयार गरी सरकारसमक्ष बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक गरिएको छैन।

    उक्त प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहित विभिन्न पक्षबाट दबाब बढ्दै गएको सन्दर्भमा काँग्रेसले पनि यस विषयलाई प्राथमिकताका साथ उठाउने जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार