Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • लिपुलेक हुँदै चीनसँग व्यापार खुलाउने भारतको घोषणा


    आइतबार, चैत्र ८ २०८२
    500
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै भारत-चीन व्यापार मार्ग खुलाउने भएको छ।

    भारतको पिथौरागढका जिल्ला अधिकारी (डिस्ट्रिक्ट मजिस्ट्रेट) आशिष भटगानीले यो व्यापार मार्ग जुन १ मा पुनः सुरु गरिने घोषणा गरेका हुन्।

    यो मार्ग पाँच वर्षदेखि बन्द थियो। व्यापार बन्द हुँदा धेरै व्यापारीले ठुलो क्षति बेहोर्नुपरेको उनको भनाइ छ। लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको भूमि हो।

    यो भूमि हुँदै व्यापार सञ्चालनका लागि भारतको विदेश मन्त्रालयले अनुमति दिइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    यसअघि नेपाली भूमि लिपुलेक हुँदै जाने व्यापार मार्गका विषयमा आफूलाई नसोधी भारत र चीनले सम्झौता गर्दा नेपालले विरोध गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार