Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • प्रधानमन्त्री कार्कीलाई घुमाउन सरकारी स्रोत–साधनको दुरुपयोग, सुशासन नारामै सीमित !


    शनिबार, चैत्र ७ २०८२
    400
    Shares
    रारामा पुगेकी प्रधानमन्त्री कार्की
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीे पदको दुरुपयोग गर्दै देशका मठमन्दिर र पर्यटकीयस्थल घुम्न थालेकी छन् ।

    प्रधानमन्त्री पदबाट बिदा हुने बेलामा उनी सरकारी स्रोत साधनको दुरुपयोग गर्दै मठमन्दिरदेखि बिभिन्न ठाउँमा सयर गरिरहेकी छन् । पाथीभरा मन्दिरदेखि रारा ताल, जानकी मन्दिर र सुर्खेत घुमिसकेकी उनी शुक्रबार बेलुका सुर्खेत पुगेकी थिइन् । प्रधानमन्त्रीको सचिवालयको टीम नै लिएर उनी घुमघाममा छिन् ।

    निर्वाचन सफल पारेकी उनले सरकारी स्रोत साधनको दुरुपयोग गर्दै घुम्ने रहर पूरा गरेकोमा आलोचित भएकी छन् । प्रधानमन्त्रीबाट बिदा लिइसकेपछि घुमेको भए उनको आलोचन हुँदैनथ्यो । तर उनी त प्रधानमन्त्रीका हैसियतमा हेलिकोप्टरदेखि सरकारी सुरक्षा लिएर घुम्न गएकोमा आलोचना भएको छ ।

    प्रधानन्यायाधीशबाट बिदा भएपछि राजनीतिक दल र तिनका नेताहरुको चर्को आलोचना गर्दै भ्रष्टाचार बढेको, नेताहरुले सत्ताको दुरुपयोग गरेको आरोप लगाउँदै टेलिभिजनहरुमा अन्तर्वार्ता दिने सुशीला कार्की पदमा पुगेपछि आफैं सत्ताको दुरुपयोगमा रमाएकी छन् । जाँदाजाँदै अन्तिम मन्त्रिपरिषद बैठकबाट उनले आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई नेपाल प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति गरेपछि उनी आलोचनाकी पात्र भएकी थिइन् ।

    पछिल्ला दिनमा सरकारी स्रोत साधनको दुरुपयोग गर्दै उनी मठमन्दिर र पर्यटकीयस्थल रारा घुम्न गएपछि थप आलोचित भएकी छन् । निर्वाचन गराएर देशलाई निकास दिएकोमा उनी सर्बत्र प्रशंसाको पात्र भएकी थिइन् । तर विवादास्पद पीए श्रेष्ठको नियुक्ति र सरकारी स्रोत साधनको दुरुपयोग गर्दै घुमघामको लोभ गरेपछि झन् आलोचनाको पात्र बनेकी छन् ।

    प्रधानमन्त्री हुँदा हुँदै नभएका आरोप नेताहरुमाथि लगाउने गरेकी सुशीलाले पदमा पुगेपछि आफैं त्यो भन्दा बढी सत्ताको दुरुपयोग गर्न पुगेकोमा आलोचना भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार