Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • राष्ट्रपतिले दिए इदको शुभकामना : भने– सांस्कृतिक एकताले राष्ट्रियता सुदृढ बनाउँछ


    शनिबार, चैत्र ७ २०८२
    320
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुस्लिम धर्मावलम्बीहरुको पर्व इदको अवसरमा शुभकामना दिएका छन् । शुभकामना सन्देशमा सामाजिक एवं सांस्कृतिक विविधताबीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताएका छन् ।

    इस्लाम धर्मावलम्बीको महान चाड ईद (ईद–उल–फित्र) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।

    सन्देशमा भनिएको छ, ‘यस पर्वले सम्पूर्ण नेपालीबिच आपसी समझदारी, दिगो शान्ति एवम् भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।’

    ईद पर्व मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।
    ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आशीर्वाद लिने र दिने गरिन्छ । सो अवसरमा मिष्टान्न परिकार खाने र खुवाउने परम्परा रहिआएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार