Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदीय दलको नेतामा मेरो दाबेदारी रहन्छ: अर्जुननरसिंह केसी


    शुक्रबार, चैत्र ६ २०८२
    320
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित समानुपातिक सांसद अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो दाबेदारी रहने बताएका छन् ।

    शुक्रवार केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका केसीले सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले स्वाभाविक रूपमा संसदीय दलको नेतामा आफ्नो दाबेदारी रहने बताएका हुन् ।

    उनले भने, ‘संसदीय दलको नेतामा स्वतस् दाबी हुन्छ । म सबैभन्दा त्यहाँको सिनियर नेता हुँ । संसदीय अभ्यास र यात्रामा मैले धेरै ठूलो योगदान गरेको छु । अझ तपाईंहरूमध्ये कोही इतिहासलाई हेर्नुहुन्छ भने २०४७ देखिको संसद् कांग्रेसको सिङ्गै धानिदिने मध्ये म पनि हुँ ।’ तर, संसदीय दलको नेताको रूपमा सहमतिपूर्ण डङ्गबाटै निष्कर्ष निस्कियोस् भन्ने चाहना रहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार