Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • गगनको कुर्सी खाली राखेर सुरु भयो कांग्रेस केन्द्रीय समिति बैठक


    शुक्रबार, चैत्र ६ २०८२
    320
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। बैठक केन्द्रीय कार्यालय सानेपामा केही बेर अघि सुरु भएको हो।

    गगन थापाले सभापति पदबाट राजीनामा दिएकोले उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक बसेको छ।

    सभापति थापाको कुर्सी खाली राखेर बैठक सुरू गरिएको हो। सभापति थापा केन्द्रीय समिति बैठकमा अनुपस्थित छन्।

    उनले चुनावी पराजयको जिम्मेवारी लिँदै गत बुधबार पदबाट राजीनामा दिएका थिए। आजको केन्द्रीय समितिमा दुई एजेन्डामाथि छलफल हुनेछ।

    सभापति थापाको राजीनामा र चुनावी समीक्षाबारे छलफल हुने नेताहरूले बताएका छन्।

    फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार