Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • समानुपातिक सांसदले लिए प्रमाणपत्र


    बिहिबार, चैत्र ५ २०८२
    330
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । समानुपातिक सांसदहरूले बिहीबार निर्वाचित भएको प्रमाणपत्र लिएका छन् । बिहीबार निर्वाचन आयोगमा पुगेर उनीहरूले प्रमाणपत्र लिएका हुन् ।

    आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो ।

    फागुन २१ गते सम्पन्न भएको निर्वाचनबाट समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेपाली कम्युनिस्ट पार्टीका ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४–४ सांसद निर्वाचित भएका थिए ।

    आज सांसदहरूलाई निर्वाचित प्रमाणपत्र दिएपछि आजै प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी आयोगले गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार