Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • अन्तरजातीय विवाह गरेकी युवती मृत फेला, श्रीमान् पक्राउ


    बुधबार, चैत्र ४ २०८२
    385
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • जनकपुरधाम । धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती मृत भेटिएकी छन् । माइती पक्षले छोरीको हत्या भएको आरोप लगाएको छ ।

    धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ का मुकेश धनखोटी यादवकी श्रीमती २५ वर्षीया विभाकुमारी महतो मंगलबार दिउँसो घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । मुकेश र विभाले ५ वर्षअघि भागी विवाह गरेका थिए ।

    विवाहको लामो समय हुँदा दुवैका सन्तान नभएको र त्यही प्रसंगमा बहिनीमाथि शारीरिक तथा मानसिक यातना दिने गरेको मृतक विभाका दाजु मनिषकुमार महतोको आरोप छ ।

    अहिले विभाको शरीरमा नीलडाम देखिएको भन्दै माइती पक्षले हत्या गरिएको दाबी गरेको छ । विभाका दाजु मनिषले उनका पति मुकेशविरुद्ध आत्महत्या दुरुत्साहनमा प्रहरीसमक्ष जाहेरी दिएका छन् ।

    जाहेरीका आधारमा प्रहरीले पति मुकेशलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० गणेश बमले आत्महत्या दुरुत्साहनमा जाहेरीका आधारमा पति मुकेशलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार