काठमाडौं । संसद सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुलाई यही चैत १२ गते शपथ खुवाउने तयारी गरेको छ । २१ फागुनमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका आएका प्रत्यक्ष १६५ र समानुपातिकतर्फ १२५ सांसदलाई १२ गते शपथ खुवाउने तयारी भएको हो ।
सचिवालयका सचिव डा. रोजनाथ पाण्डेका अनुसार निर्वाचन आयोगले आधिकारिक रूपमा निर्वाचनको परिणाम र सदस्यको विवरण बुझाएपछि सचिवालयले आफ्नो प्रक्रिया शुरू गर्ने छ । निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन प्रस्तुत गर्दैछ ।
सम्भवतः आयोगले संसद सचिवालयलाई बिहीबार नै नवनिर्वाचित सदस्यको नामावली दिनेछ । त्यसपछि सचिवालयले ती सदस्यका नाममा शपथमा उपस्थित हुनका निम्ति ७ दिने सूचना जारी गर्नेछ । त्यहीबीचमा शपथ समारोहमा उपस्थितिका निम्ति राष्ट्रपतिको समय माग गर्दै पत्राचार गरिने भएको छ ।
निर्वाचन आयोगले दिने नवनिर्वाचित सदस्यको विवरणअनुसार अर्को व्यवस्था नहुँदासम्मका लागि ज्येष्ठ सदस्यलाई सभामुख तोक्नुपर्ने कानूनी व्यवस्था छ । यसपट संसदमा सबैभन्दा ज्येष्ठ सदस्य नेपाली कांग्रेसका ७८ वर्षीय अर्जुन नरसिंह केसी छन् ।
त्यसअनुसार राष्ट्रपतिले ज्येष्ठ सदस्यलाई अन्य सदस्य भन्दा पहिल्यै शपथ गराउनुपर्छ । यी सबै प्रक्रिया सिध्याएर सबै सांसदको शपथ गराउँदा कम्तीमा १२ गते पुग्ने अनुमान गरिएको डा. पाण्डेले बताए ।
शपथ लगत्तै राजनीति दलहरूले आआफ्ना संसदीय दलका नेता चयन गर्छन् र त्यसपछि राष्ट्रपतिबाट नयाँ सरकार गठनका निम्ति आह्वान हुनेछ । यदि १२–१३ गते सरकार गठन भए १५ गते प्रतिनिधिसाभाको पहिलो बैठक आह्वान गर्ने संसद सचिवालयको तयारी छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend