Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • सरकारी तलब-भत्ता तथा सुविधा नलिने रास्वपा सांसद गुरुङको घोषणा


    मंगलबार, चैत्र ३ २०८२
    330
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङले आफूले सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने घोषणा गरेका छन्।

    पार्टीद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागी हुने क्रममा उनले व्यक्तिगत रूपमा आर्थिक रूपमा सक्षम भएकाले राज्यबाट उपलब्ध हुने सुविधा नलिने स्पष्ट पारे। आफ्नो धारणा व्यक्त गर्दै गुरुङले सार्वजनिक पदलाई सेवा भावका रूपमा लिनुपर्ने उल्लेख गरे।

    उनले यातायातका लागि पनि निजी साधन नै प्रयोग गर्ने बताएका छन्। यद्यपि, सांसदहरूलाई सवारी साधन सुविधा उपलब्ध नहुने व्यवस्था रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार