काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ युवक सम्पर्कविहीन भएका छन् । गत फागुन २३ गते सिकार खेल्न गएका सुर्खेतका ५ जना घर नफर्किएका हुन्।
सिकार खेल्न गएका उनीहरु नफर्किपछि खोजबिनका लागि प्रहरीमा खबर आएको सुर्खेतका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मोहनजंग बुढथापाले जानकारी दिए ।
डीएसपी बुढथापाका अनुसार सम्पर्कविहीन हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।
गाउँदेखि १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्जतर्फ सिकार खेल्न गएका उनीहरूको खोजिका लागि राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र आपसापको क्षेत्रका प्रहरी एकाइसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक ९एडीबी०बाट ऋण तथा अनुदान सहायता स्वीकार गर्नेदेखि दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६...
काठमाडौँ। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न...
काठमाडौँ। सरकारले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका...
काठमाडौं। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-०४,फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा घाइते भएकामध्ये दुईजनालाई उपचारका लागि काठमाडौं ल्याएको छ। फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति,डाइनेस्टी एयरका...
काठमाडौँ। काठमाडौं महानगरपालिकाले तिहारमा फूल तथा फूलका माला बिक्री वितरणका लागि महानगरभित्रका विभिन्न स्थान तोकेको छ। महानगर प्रहरी बलले सूचना जारी गर्दै नेपाली किसानले उत्पादन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend