काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई दुई दिने प्रशिक्षण दिने भएको छ । पार्टीले यही चैत ३ र ४ गते काठमाडौंमा नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया र पार्टीको नीतिबारे प्रशिक्षित गर्न लागेको हो ।
नवनिर्वाचित सांसदहरूलाई जिम्मेवारी र संसदीय भूमिकाका विषयमा स्पष्ट पार्न यो प्रशिक्षण कार्यक्रम तय गरिएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । पार्टीले सबै नवनिर्वाचित सांसदहरूलाई चैत ३ गते बिहान ९ बजेभित्र काठमाडौँ उपत्यकाको तोकिएको स्थानमा उपस्थित हुन निर्देशन दिएको छ ।
प्रशिक्षण कार्यक्रम सोही दिन बिहान १० बजेदेखि औपचारिक रूपमा सुरु हुनेछ । संसद्मा पार्टीको उपस्थिति प्रभावकारी बनाउन र जनसरोकारका मुद्दाहरूलाई कसरी उठाउने भन्ने विषयमा विज्ञहरूले सांसदहरूलाई प्रशिक्षण दिने योजना रहेको छ ।
यो प्रशिक्षण कार्यक्रमलाई रास्वपाले आफ्नो संसदीय यात्राको महत्त्वपूर्ण तयारीको रूपमा लिएको छ । महामन्त्री बुर्लाकोटीले सबै सांसदहरूलाई कार्यक्रमको समय र तालिका अनुसार तयारी अवस्थामा रहन सूचित गरेका छन् । २१ फागुनमा सम्पन्न निर्वाचनबाट रास्वपामा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सांसद निर्वाचित भएका छन् ।
काठमाडौँ । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक ९एडीबी०बाट ऋण तथा अनुदान सहायता स्वीकार गर्नेदेखि दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६...
काठमाडौँ। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न...
काठमाडौँ। सरकारले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका...
काठमाडौं। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-०४,फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा घाइते भएकामध्ये दुईजनालाई उपचारका लागि काठमाडौं ल्याएको छ। फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति,डाइनेस्टी एयरका...
काठमाडौँ। काठमाडौं महानगरपालिकाले तिहारमा फूल तथा फूलका माला बिक्री वितरणका लागि महानगरभित्रका विभिन्न स्थान तोकेको छ। महानगर प्रहरी बलले सूचना जारी गर्दै नेपाली किसानले उत्पादन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend