Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • मातृका यादवलाई जिताउने निर्णयका पक्षमा सर्वोच्चको आदेश, किशोरी साह कालोसूचीमा रहेको ठहर


    आइतबार, चैत्र १ २०८२
    690
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार मातृका यादवलाई जिताउने निर्वाचन आयोगको पक्षमा फैसला गरेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा उम्मेदवार बनाएका किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयको पक्षमा सर्वोच्चले आदेश दिएसँगै यादव सो क्षेत्रको सांसद कायम भएका छन् ।

    धनुषा १ का रास्वपा उम्मेदवार साह कर्जा सूचना केन्द्रको कालोसूचीमा परेकाले उनको उम्मेदवारी खारेज गर्ने निर्णय आयोगले गरेको थियो । जुन निर्णयका बिरुद्ध साहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    बिहीबार किशोरी साहलाई कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रलाई सर्वोच्च अदालतले आदेश दिएको थियो । तर आइतबार न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले साहको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयको पक्षमा आदेश दिएको छ ।

    धनुषा १ मा नेकपाका मातृका यादवलाई आयोगले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार