Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • रास्वपाले टुंग्यायो ५७ जना सामानुपातिक सांसदको नाम 


    आइतबार, चैत्र १ २०८२
    410
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ ।

    आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    उनका अनुसार खसआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ ।

    सो नामावली आजै निर्वाचन आयोगमा बुझाउने प्रवक्ता झाले जानकारी दिए ।

    यी क्लस्टरबाट कोको परे भन्ने रास्वपाले खुलाएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार