Nepal Face
  • आइतबार, १० साउन २०८३
  • किसोरी शाहको उम्मेदवारी खारेज सम्बन्धि मुद्दामा सुनुवाइ हुँदै


    आइतबार, चैत्र १ २०८२
    280
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किसोरी साहको मुद्दामा आज सुनुवाइ हुँदैछ । शुक्रबार सर्वोच्चकी न्यायाधीश शारङ्गा सुवेदीले हेर्न नमिल्नेमा राखेको उक्त मुद्दाको सुनुवाई आज न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको इजलासमा हुन लागेको हो ।

    त्यसअघि बिहीबार साहकै अर्को मुद्दामा आदेश गरेकी न्यायाधीश सुवेदीकै इजजासमा मुद्दाको पेसी परेपछि शुक्रबार सुवेदीले यो मुद्दा हेरेकी थिइनन् ।

    कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका साहको उम्मेदवारी निर्वाचन आयोगले फागुन १९ गते खारेज गरेको थियो । आफ्नो उम्मेदवारी खारेजविरुद्ध साह सर्वोच्च पुगेका हुन् ।

    उनले आफूलाई कालोसूचीबाट हटाउन माग गर्दै अर्को रिट पनि दायर गरेका थिए । कर्जा सूचना केन्द्रले नै साहलाई कालोसूचीबाट हटाइएको पत्र पठाएपछि बिहीबार उनको नाम कालोसूचीबाट हटाउन न्यायाधीश सुवेदीको इजलासले आदेश दिएको थियो ।

    अब उनको उम्मेदवारी खारेजबारे फैसला हुन बाँकी छ । सम्भवत यस मुद्दामा आजै फैसला हुनेछ । आयोगले साहको उम्मेदवारी खारेज गरे पनि उनले पाएको मत भने गणना गरेर राखिएको छ । उम्मेदवारी खारेजपछि पनि उनले सबैभन्दा बढी मत पाएका छन् ।

    निर्वाचन आयोगले पछि सर्वोच्च अदालतको आदेश अनुसार हुने भन्दै यसअघि नेकपाका उम्मेदवार मातृका यादवलाई धनुषा १ बाट विजयी घोषणा गर्दै प्रमाणपत्र दिइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार