काठमाडौं । नेकपा(एमाले)का नेता सुरेन्द्र पाण्डेले जनताले मतपत्रबाटै कठोर फैसला सुनाइसकेपछि कार्यकर्तालाई सत्य बोलेकै आधारमा कारबाहीको धम्की दिनु कति बुद्धिमानी होला भन्ने प्रश्न गरेका छन् ।
एमालेका महासचिव शंकर पोखरेलले एमालेमा नेतृत्त्व परिवर्तनको पक्षमा बोल्ने नेताहरुलाई कारबाही गर्ने चेतावनीको जबाफ दिंदै नेता पाण्डेले प्रश्न गरेका छन्–यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने ‘नैतिक आधार’ अब नेतृत्वसँग कति बाँकी छ ?
एमालेको आज बसेको सचिवालय बैठकले सबै ठीक थियो, हामीलाई त फसाइयो, षडयन्त्र भयो’ भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु भएको पाण्डेले उल्लेख गरेका छन् । उनले नेकपा (एमाले) को पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आइसकेको बताएका छन् ।
यो कुनै षड्यन्त्र होइन, यो एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा ‘रिजेक्ट’ गरेको सन्देश हो–पाण्डेको भनाइ छ, अब पनि हामीले आफ्नो तरिका बदल्ने आँट गरेनौँ र ‘अरू असफल होलान र फेरि हाम्रो पालो आउला’ भन्ने सोचमै अल्झिरह्यौँ भने, त्यो पार्टी र देश दुवैका लागि घातक हुनेछ ।
पाण्डेले सामाजिक संजालमा लेखेका छन्–‘जब जनताले मतपत्रबाटै ‘अस्वीकार’ को कठोर फैसला सुनाइसकेका छन्, तब आफ्ना कार्यकर्तालाई सत्य बोलेको आधारमा ‘ कारबाही’को धम्की दिनु कतिसम्म बुद्धिमानी होला ? यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने ‘नैतिक आधार’ अब नेतृत्वसँग कति बाँकी छ ? नेकपा (एमाले) को पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आइसकेको छ ।
नेकपा (एमाले) को पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आइसकेको छ । यस्तो गम्भीर मोडमा पनि ‘सबै ठीक थियो, हामीलाई त फसाइयो’ भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु हो । मानौँ, कसैले फसायो होला, अन्तर्घात भयो होला तर अन्तर्घातले ५–१० हजार मत तल–माथि होला । देखिएको ४०–५० हजारको मतान्तरलाई ‘फसाइएको’ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो ।
यो कुनै षड्यन्त्र होइन, यो एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा ‘रिजेक्ट’ गरेको सन्देश हो । अब पनि हामीले आफ्नो तरिका बदल्ने आँट गरेनौँ र ‘अरू असफल होलान र फेरि हाम्रो पालो आउला’ भन्ने सोचमै अल्झिरह्यौँ भने, त्यो पार्टी र देश दुवैका लागि घातक हुनेछ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend