Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • एमाले नेतृत्त्वलाई सुरेन्द्र पाण्डेको प्रश्न : सत्य बोलेकै आधारमा कारबाहीको धम्की दिनुृ कति बुद्धिमानी ?


    शनिबार, फाल्गुन ३० २०८२
    635
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)का नेता सुरेन्द्र पाण्डेले जनताले मतपत्रबाटै कठोर फैसला सुनाइसकेपछि कार्यकर्तालाई सत्य बोलेकै आधारमा कारबाहीको धम्की दिनु कति बुद्धिमानी होला भन्ने प्रश्न गरेका छन् ।

    एमालेका महासचिव शंकर पोखरेलले एमालेमा नेतृत्त्व परिवर्तनको पक्षमा बोल्ने नेताहरुलाई कारबाही गर्ने चेतावनीको जबाफ दिंदै नेता पाण्डेले प्रश्न गरेका छन्–यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने ‘नैतिक आधार’ अब नेतृत्वसँग कति बाँकी छ ?

    एमालेको आज बसेको सचिवालय बैठकले सबै ठीक थियो, हामीलाई त फसाइयो, षडयन्त्र भयो’ भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु भएको पाण्डेले उल्लेख गरेका छन् । उनले नेकपा (एमाले) को पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आइसकेको बताएका छन् ।

    यो कुनै षड्यन्त्र होइन, यो एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा ‘रिजेक्ट’ गरेको सन्देश हो–पाण्डेको भनाइ छ, अब पनि हामीले आफ्नो तरिका बदल्ने आँट गरेनौँ र ‘अरू असफल होलान र फेरि हाम्रो पालो आउला’ भन्ने सोचमै अल्झिरह्यौँ भने, त्यो पार्टी र देश दुवैका लागि घातक हुनेछ ।

    पाण्डेले सामाजिक संजालमा लेखेका छन्–‘जब जनताले मतपत्रबाटै ‘अस्वीकार’ को कठोर फैसला सुनाइसकेका छन्, तब आफ्ना कार्यकर्तालाई सत्य बोलेको आधारमा ‘ कारबाही’को धम्की दिनु कतिसम्म बुद्धिमानी होला ? यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने ‘नैतिक आधार’ अब नेतृत्वसँग कति बाँकी छ ? नेकपा (एमाले) को पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आइसकेको छ ।

    नेकपा (एमाले) को पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आइसकेको छ । यस्तो गम्भीर मोडमा पनि ‘सबै ठीक थियो, हामीलाई त फसाइयो’ भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु हो । मानौँ, कसैले फसायो होला, अन्तर्घात भयो होला तर अन्तर्घातले ५–१० हजार मत तल–माथि होला । देखिएको ४०–५० हजारको मतान्तरलाई ‘फसाइएको’ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो ।

    यो कुनै षड्यन्त्र होइन, यो एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा ‘रिजेक्ट’ गरेको सन्देश हो । अब पनि हामीले आफ्नो तरिका बदल्ने आँट गरेनौँ र ‘अरू असफल होलान र फेरि हाम्रो पालो आउला’ भन्ने सोचमै अल्झिरह्यौँ भने, त्यो पार्टी र देश दुवैका लागि घातक हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार