Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • पितृशोकमा रहेका ओलीलाई बालेनको समवेदनाः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन


    शुक्रबार, फाल्गुन २९ २०८२
    380
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पितृशोकमा पर्नुर्भएका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाहले समवेदना प्रकट गरेका छन् ।

    संस्कृतमा पिताको महत्त्वकाबारेमा उल्लेख गर्दै शाहले पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन भन्दै ओलीलाई समवेदना दिएका छन् । पिता अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ, केही समयअघि मात्रै पिता गुमाएकाले आफूलाई त्यो महसुस भएको उल्लेख गरेका छन् ।

    बालेन्द्र शाहले स्व. मोहनप्रसाद ओलीप्रति हार्दिक श्रद्धान्जली प्रकट गर्दै केपी शर्मा ओलीलाई दिएको समवेदनामा लेखेका छन्–

    नास्ति पितृसमं त्राता, नास्ति पितृसमो गुरुः।
    नास्ति पितृसमं दैवं, तस्मै श्रीपितृदेवाय नमः॥
    पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन।
    ‘पात्र एक, भूमिका अनेक।’
    केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ – पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ। 😥
    पूर्व प्रधानमन्त्री K. P. Sharma Oli ज्यूलाई पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु।
    पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवास होस्।

    पिता मोहनप्रसाद ओलीको ९७ बर्षको उमेरमा आज बिहान भक्तपुरस्थित कोरियन अस्पतालमा निधन भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार