Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • धनुषा १ मा उम्मेदवारी खारेज भएका किशोरी साहको रिटमा सकियो सुनुवाइ


    शुक्रबार, फाल्गुन २९ २०८२
    450
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। धनुषा क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का किशोरी साहको रिटमा सुनुवाइ सकिएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा तोकिएको पेसीको सुनुवाई शुक्रबार सकिएको हो ।

    साहले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगविरुद्ध गत फागुन १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए । फागुन २५ गते न्यायाधीश नृपध्वज निरौलाको इजलासले मुद्दामा कारण देखाऊ आदेश जारी गरेको थियो ।

    सर्वोच्चले फागुन २८ गते साहलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न कर्जा सूचना केन्द्रलगायत निकायलाई अन्तरिम आदेश जारी गरेको थियो ।

    आयोगले कालोसूचीमा राखेका कारण धनुषा १ बाट उम्मेदवार हुनबाट बञ्चित भएका थिए साह । तर, फागुन २१ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न घण्टीमा सर्वाधिक मतदान भएको थियो ।

    तर, आयोगले भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मातृका यादव निर्वाचित भएको घोषणा गर्दै प्रमाणपत्र दिइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार