काठमाडौं । सर्वोच्च अदालतले नेकपा (विप्लव) का नेता कुमार पौडेलको हत्या प्रकरण अनुसन्धान गर्ने आदेश दिएको छ ।
२०७६ असार ५ गते सर्लाहीको लालबन्दी नजिक लखन्देही जंगलमा प्रहरीको गोली लागी पौडेलको मृत्यु भएको थियो । प्रहरीले यसलाई दोहोरो मुठभेड भने पनि पीडित परिवारले नियन्त्रणमा लिएर हत्या गरेको आरोप लगाएका छन् ।
कुमारकी आमा दुर्गादेवी पौडेलले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत लगायत विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले जाहेरी नलिएपछि सर्वोच्चमा रिट दायर गरिएको थियो ।
यसअघि २०७८ मा पनि अदालतले अनुसन्धान आदेश दिएको थियो, तर कार्यान्वयन भएन । बिहीबार न्यायाधीशहरू डा।मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले जाहेरीमाथि अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ ।
यसले तत्कालीन सीडीओ राउत (हाल निर्वाचन आयोग सचिव), पूर्वआईजीपी खनाल, प्रहरी अधिकृतहरू कृष्णदेव साह, विनोद शाह, सत्यनारायण मिश्र, एसपी गोपाल भट्टराई, डीआईजी हरिबहादुर पाल, इन्सपेक्टर किरण न्यौपाने, असई सूर्यकुमार कार्की, डा। वीरेन्द्र मण्डल र बागमती नगरपालिका मेयर भरतकुमार थापासहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न बाटो खोलिदिएको छ ।
मानव अधिकार आयोगको प्रतिवेदनले पनि पौडेललाई नियन्त्रणमा लिएर ९ गोली हानी मारिएको, कुटपिट भएको र दोहोरो भिडन्त नभएको निष्कर्ष निकालेको थियो ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend