Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समानुपातिकमा रोइलो गर्नेलाई कारबाही गर्ने हर्क साम्पाङको चेतावनी


    शुक्रबार, फाल्गुन २९ २०८२
    430
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । श्रम संस्कृति पार्टीमा समानुपातिक सांसदका लागि किचलो सुरु भएसँगै अध्यक्ष हर्क साम्पाङले कारबाहीको चेतावनी दिएका छन् । उनले फेसबुकमा स्टाटस लेखेर समानुपातिक विषयमा रोइलो नगर्न पार्टी पङ्‍क्तिलाई सचेत गराएका हुन् ।

    हर्कले भनेका छन्, ‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु १हद भो ।’ हालै सम्पन्न प्रतिनिधिसभाको चुनावमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको साम्पाङ नेतृत्वको पार्टी राष्ट्रिय पार्टी बनेसँगै समानुपातिकमा ४ सीट सुरक्षित गरेको छ ।

    निर्वाचन आयोगमा ११० जनाकै समानुपातिक उम्मेदवारको सूची पठाएको श्रम संस्कृतिले प्रत्यक्षमा ३ सीट ९पुरुष० जितेको छ । प्रत्यक्ष र समानुपातिक गरेर श्रम संस्कृतिको सांसद सङ्ख्या ७ पुग्छ । अब साम्पाङले ३३ प्रतिशत महिला सुरक्षित गर्नुपर्ने हुन्छ । कम्तीमा दुईजना समानुपातिक सांसद बन्ने देखिन्छ भने अन्य क्लस्टर पनि मिलाउनुपर्ने हुन्छ ।

    महिला क्लस्टरमा १६ नम्बर सूचीमा रहेकी समला राईले पार्टीभित्र गुटबन्दी सुरु भइसकेको भन्दै मिडियाबाट हिजो हर्कलाई आफूलाई सांसद नबनाए राम्रो नहुने चेतावनी दिएकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार