Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • समानुपातिकतर्फको सिट संख्या टुंगियो, कुन दलले कति सिट पाए ?


    बिहिबार, फाल्गुन २८ २०८२
    420
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक पार्टीहरूले पाउने सिट संख्या टुंग्याएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी(नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले थ्रेसहोल्ड कटाएका छन् ।

    समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट प्राप्त गरेको छ । नेपाली कांग्रेसले २० सिट पाएको छ भने नेकपा एमालेले १६ सिट समानुपातिकतर्फ प्राप्त गरेको छ ।
    त्यसैगरी श्रम संस्कृति पार्टीको भागमा ४ र राप्रपालाई ४ वटा सिट निर्धारण गरिएको आयोगले जनाएको छ ।

    समानुपातिकतर्फ ६ वटा पार्टीले थ्रेसहोल्ड कटाएका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार थ्रेसहोल्ड कटाउने ६ दललाई  सिट संख्या निर्धारण गरेको हो ।

    आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मतदान भएकोमा १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार