Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • मकवानपुरमा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षाका लागि गोली चलाउँदा एक घाइते


    बिहिबार, फाल्गुन २८ २०८२
    790
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–१ मकरी क्षेत्रमा प्रहरीमाथि खुकुरी प्रहार भएको छ। लागूऔषध सेवन गरेर झगडा गरिरहेको सूचनापछि पुगेको प्रहरीमाथि आक्रमण गरेका हुन्।

    प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा एक जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीमाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधवार बेलुका करिब ९ बजेको समयमा घटनास्थलमा पदमपोखरी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

    प्रहरीले घटनास्थलमा पुगेर सोधपुछ गर्ने क्रममा एक्कासी तामाङमाथि बियरको बोतल, खुकुरी र बन्चरो प्रहार गरिएको डिएसपी बोगटीले जनाए । आक्रमणबाट तामाङका दुवै हातमा चोट लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार