काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले अस्वाभाविक महत्त्वाकाङ्क्षा, आवेग र आग्रहबाट मुक्त भएर बृहत् एकताका साथ अघि बढ्नुपर्ने बताएका छन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन परिणामले कांग्रेसलाई गम्भीर सन्देश दिएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।
चुनावी परिणामपछि सामाजिक सञ्जालमा लेख्दै नेता खड्काले भनेका छन्, “प्रतिनिधिसभाको निर्वाचन परिणामले विभिन्न तह र जिम्मेवारीमा क्रियाशील हामी कांग्रेसीलाई गम्भीर सन्देश दिएको छ । हाम्रा मतदाताको निर्णयबाट यो पाठ प्राप्त भएको हो ।”
खड्काले अब आवेग, उत्तेजना र बदलाको भावनाबाट मुक्त भएर अत्यन्त संयम र जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । “हामी सबैले ‘म म’ भन्दै विगतको निर्मम समीक्षा गरौँ,” उनले लेखेका छन्, “अस्वाभाविक महत्त्वाकाङ्क्षा र आग्रहबाट मुक्त भई पार्टीको बृहत् एकताका लागि निष्ठाका साथ अगाडि बढ्नु हाम्रो नैतिक कर्तव्य हो । हाम्रा अगाडि खडा भएको हिमालयतुल्य चुनौती सामना गर्ने उपयुक्त बाटो यही नै हो ।”
यसैबीच, सभापति थापाले चुनावी पराजयको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले यसबारे उपसभापति विश्वप्रकाश शर्मासँग परामर्श गरे पनि शर्माले भने तत्काल राजीनामा नदिन सुझाव दिएका छन् ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend