काठमाडौँ । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले यो राजीनामा दिने नभई जिम्मेवारी पूरा गर्ने समय भएको बताएका छन् ।
उनले आज सामाजिक सञ्जालमा लेखेका छन्, ‘अधिवेशनका लागि बनेको काँग्रेसको चुनाव नियमित थिएन । त्यसैले गगनकुमार थापाज्यूले नैतिकताका नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो ।’
उनले यो अवस्थामा काँग्रेस बचाउनु आफैँमा नैतिक दायित्व भएकाले युवाले काँग्रेसलाई छोड्दै गएको समयमा पार्टीलाई औषधि खुवाउनुपर्ने भएको बताएका छन् । यस्तोबेला काँग्रेस छाडेर हिँड्न नहुने उनको तर्क छ ।
उनले भनेका छन्, ‘नैतिकता त नेपाली राजनीतिमा प्रायस् मरिसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ बिरुवा रोप्नैपर्छ। समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो। नेपाली काँग्रेसलाई बचाउने लडाइँ आज पनि सम्भव छ(यदि इच्छाशक्ति र साहस छ भने।’
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend