Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • एमाले फेरि पनि धुलो टकटकाउँदै दृढताका साथ उठ्नेछ : बिष्णु रिमाल


    मंगलबार, फाल्गुन २६ २०८२
    420
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आम नेता कार्यकर्ताहरुबाट टाढा पुर्याउने र घेराबन्दीमा राख्ने मुख्य पात्रका रुपमा आरोपित बिष्णु रिमालले  सामाजिक सजालमा एमाले फेरि पनि धुलो टकटक्याउँदै दृढताका साथ उठ्ने दाबी गरेका छन् ।

    गएको महाधिवेशनमा उपमहासचिवमा पराजीत भएपछि ओलीले नै टपक्क टिपेर स्कुल बिभाग प्रमुख बनाइएका रिमालले मंगलबार बिहान सामाजिक संजालमा लेखेका छन्–यो चुनाव अन्तिम होइन । संखुवासभाको परिणाम यसपटकको निर्वाचनको अन्तिम परिणाम मात्र हो।

    एउटा लडाइँमा भएको हार समग्र युद्धमा पराजय हुँदैन ।  एमाले फेरि पनि धुलो टकटकाउँदै दृढताका साथ उठ्नेछ ।

    विभिन्न चुनौतीहरूका बीच एमालेका उम्मेदवारहरूले हासिल गरेको सफलता महत्वपूर्ण छ ।

    सूर्यध्वजाबाहक उम्मेदवारसहित प्रतिनिधिसभाको यस निर्वाचनमा विजयी सम्पूर्ण माननीय सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार