काठमाडौँ । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा देशभर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विनीता कठायतसहित जुम्लाका ६ जना उम्मेदवारको जमानत जफत भएको छ ।
यहाँ एक स्वतन्त्रसहित १० जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये ६ जना उम्मेदवारले गणना भएको सदर मतको १० प्रतिशत पनि मत ल्याउन नसकेपछि जमानत जफत भएको हो ।
जुम्लाको कुल ७१ हजार ७३९ मतदातामध्ये ४० हजार ८७८ मत खसेको थियो । खसेको मतमध्ये गणना गर्दा एक हजार ७०५ मत बदर भयो ।
बाँकी सदर भएको ३९ हजार ३९ हजार १७३ मतको १० प्रतिशत मत आफ्नो पक्षमा ल्याउन नसक्ने रास्वपाकी उम्मेदवार विनीता कठायतसहित ६ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उम्मेदवार कठायतले ४२१ मत मात्रै प्राप्त गरिन् । निर्वाचनसम्बन्धी ऐनमा गणना भएको सदर मतको १० प्रतिशत मत अनिवार्य ल्याउनुपर्ने व्यवस्था छ । यो हिसाबले जुम्लाका ६ उम्मेदवारले सदरमत तीन हजार ९१७ ल्याउनुपर्ने थियो, त्यो मत नआएपछि जमानत जफत भएको हो ।
जमानत जफत हुनेमा प्रगतिशील लोकतान्त्रिक पार्टीका ऋषि धिताल ९११२०, नेमकिपाका विर्षबहादुर रावत ९४०००, नेकपा (माओवादी) का विर्ख शाही ९७१०, नेजपाका र नीलविक्रम शाही ९४३० र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावल ९१४० मत मात्रै प्राप्त गर्दा कानुनतः धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जानकारी दिएको छ ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend