काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले देशभरबाट पुराना पार्टीहरुलाई क्लीनस्वीप गर्दा कर्णाली प्रदेशका २ जिल्लामा भने उक्त पार्टीका उम्मेदवारको जमानत नै बचाउन सकेनन् ।
कुनै पनि उम्मेदवारले खसेको जम्मा मतमध्ये सदर मतको १० प्रतिशत मत नल्याए जमानत जफत हुने कानुनी ब्यवस्था छ । तर
हुम्ला र जुम्लाका रास्वपा उम्मेदवारले १० प्रतिशत भन्दा धेरै मत पाएका छन् ।
बिहीबार भएको प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाका तर्फबाट हुम्लाकी उम्मेदवार टासी ल्हाजोमले १०६४ मत मात्र पाएकी छन् । हुम्लामा नेपाली कांग्रेसका जयपति रोकायाले ८७९७ मत ल्याएर बिजयी भएका छन् ।
त्यसैगरी जुम्लाबाट उम्मेदवारी दिएकी रास्वपाकी बिनिता कठायतले ४२१ मत मात्र पाएकी छन् । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही ज्ञानेन्द्रले १४८१६ मत प्राप्त गरी बिजयी भएका छन् ।
बिनिता कठायत यसअघिको संसदमा रास्वपाबाट समानुपातिक सांसद थिइन् ।
टासी ल्हाजोम जेनजी बिद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा पर्यटन मन्त्री नियुक्ति हुने निश्चित भए पनि फ्री तिब्बत गतिबिधिमा लागेको भनेर विवादमा ल्याइएपछि रोकिएकी थिइन् ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend