Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • सिन्धुपाल्चोक १ मा उज्यालो नेपालका केन्द्रीय सदस्य नै घन्टीका उम्मेदवारतिर, कुलमानलाई धोका


    आइतबार, फाल्गुन १७ २०८२
    1.2K
    Shares
    नेत्र कार्की र भरतप्रसाद पराजुली
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा उज्यालो नेपाल पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा प्रताप लामाले उम्मेदवारी दिएका छन् । तर उज्यालो नेपाल पार्टी(उनेपा)का केन्द्रीय सदस्य नेत्र कार्की भने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार भरतप्रसाद पराजुलीलाई जिताउन लागिपरेका छन् । कार्की उनेपाका उम्मेदवारलाई होइन, मन, बचन र कर्मले पराजुलीलाई जिताउन लागिपरेको आरोप छ ।

    पराजुलीसँग कुस्त लाभ लिएर उनले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ र २ नम्बर वडाका सबै मत घन्टीमा हाल्नेगरी ठेक्का लिएको स्रोतले बताएको छ । २०७४ मा नेपाली कांग्रेसबाट सुनकोशी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा निर्वाचित भएका थिए कार्की ।

    २०७९ को स्थानीय तह निर्वाचनमा उनले पार्टीका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार श्रवणकुमार जीसीलाई अन्तर्घात गरी एमालेका टपिन्द्र तिमल्सिनालाई जिताएका थिए । तिमल्सिनाको आर्थिक प्रभावमा परी उनले आफ्नै पार्टीका जीसीलाई अन्तर्घात गरी हराएको आरोप कांग्रेसबृत्तबाटै लागेको थियो । ६ लाखमा तिमल्सिनाले डिल गरेको चर्चा कांग्रेस बृत्तमा त्यसबेला ब्यापक रुपमा चर्चा भएको थियो ।

    १ सय ५० मत अध्यक्षमा तिम्सिना र अरु ६ पदमा कांग्रेसलाई हाल्न लगाएको गणनाका क्रममा फेलापरेको थियो । कार्कीले १ सय ५० मत घात गर्दा जीसी तिमल्सिनासँग १ सय ४१ मतले पराजीत भएका थिए । अध्यक्ष तिमल्सिनाले ५ हजार ९३२ मत प्राप्त गरी बिजयी भएका थिए भने पराजीत जीसीले ५ हजार ७९१ मत प्राप्त गरेका थिए । अन्तर्घात गरेको प्रष्ट भएपछि अध्यक्षमा पराजीत जीसीका भाइ रामकुमार जीसीले कार्कीलाई बुटैबुटले रामधुलाई गरेका थिए ।

    नवधनाढ्य ब्यापारी तिमल्सिनासँग लाभ लिएर आफ्नै पार्टी कांग्रेसलाई अन्तर्घात गरी हराएका कार्की पछिल्लो समय कुलमान घिसिङतिर लागे । कुलमान भौतिक, ऊर्जा र सहरी विकास मन्त्री हुँदा उनले मन्त्रालय मातहतका निकायबाट बिभिन्न शीर्षकमा बिल पेश गरी करोडौं लाभ लिएको आरोप पनि छ । नेपाल विद्युत प्राधिकरण र अन्तर्गतका १८ वटा कम्पनीबाट पनि उनले कामै नगरी बिल पेश गर्दै भुक्तानी लिएको स्रोत बताउँछ । विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताललाई कुलमानले हटाउन लागेको, उनलाई जोगाउने भूमिका खेलेर पनि लाभ लिएको उनले नै भन्दै हिंड्ने गरेका थिए ।

    ठोकर्पाको माथिल्लो भेग(लेक)मा घर भएका र आर्थिक रुपमा कमजोर उनलाई कुलमानले बैभवशाली बनाउन हरतरहले मद्दत गरे । तर कुलमानबाट लिनुसम्म फाइदा लिएर उनकै नेतृत्वको पार्टीलाई धोका दिएर कार्की सिन्धुपाल्चोक १ मा रास्वपाका पराजुलीलाई सहयोग गरी कृतघ्नताको पराकाष्टा देखाइरहेका छन् ।

    सुरुमा चर्चामै नरहेका पराजुलीले माघ ४ सम्म पनि टिकट पाउने नपाउने टुंगो थिएन । त्यसो त रवि लामिछानेलाई एउटा अदालतमा धरौटी राख्ने रकम सिन्धुपाल्चोकका एक राजावादी नेतामार्फत् सहयोग गरेकाले अरबपति पराजुलीले एकाएक सिन्धुपाल्चोक १ बाट रास्वपाको टिकट पाउन सफल भएको चर्चा पनि हुने गरेको छ ।  पराजुलीले टिकट पाएपछि कार्की उज्यालो नेपाल पार्टीलाई होइन, उनलाई जिताउन सक्रिय भएर लागेका छन् ।

    उज्यालो पार्टीको केन्द्रीय सदस्य भएर उनले भित्रभित्रै घन्टीमा मत माग्दै हिंडेपछि सो पार्टीका प्रताप लामालाई निकै अप्ठेरो भएको छ । निर्वाचनमा रास्वपाबाट भरत पराजुलीले उम्मेदवारी पाएपछि कार्कीको काम केही ब्यक्ति भेट्न, फोटो खिचेर त्यही देखाउँदै लाभ लिने भएको छ ।

    कुलमानले अति विश्वास गरी उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य बनाएका कार्कीले प्रतिनिधिसभामा रास्वपाका पराजुलीलाई सहयोग गर्नेगरी लाभ लिइसकेको उच्च स्रोतको दाबी छ । आधा खोकामा डिल गरी साबिकको ठोकर्पा हाल सुनकोशी १ र २ का सबै मत घन्टीमा खसाल्नेगरी ठेक्का लिएको आरोप उनीमाथि लागेको छ ।

    विज्ञता केही नभएका जलवायु परिवर्तनका नाममा अमेरिका २ पटक भ्रमण गर्ने अवसर दिएका थिए । अन्य देशमा समेत उनले भ्रमणमा पठाएर गर्नुसम्म सहयोग गरेका थिए ।

    त्यसो त सुनकोशी १ को अध्यक्ष हुँदा कार्कीले ठोकर्पा सामुदायिक अस्पतालका लागि आएको सहयोग रकममध्ये १५ लाख रुपैयाँ आफ्नै बैंकखातामा राखेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै परेको थियो । तर आफूलाई अन्तर्घात गरेता पनि पूर्वअध्यक्ष ऋवणकुमार जीसीले मानवता देखाउँदै उक्त रकम पुनः खातामा हाल्न लगाएर जोगाइदिएका थिए । स्रोत भन्छ-जीसीले नजोगाइदिएको भए बैगुनी कार्कीको जेलको बास हुने थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार