Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिन्धुपाल्चोक–१ मा मत खरिद–बिक्री ! रास्वपाका पराजुलीद्वारा निर्वाचन आचारसंहिताकै धज्जी


    शनिबार, फाल्गुन १६ २०८२
    775
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । जान्नेलाई छान्ने नारा लगाउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नेतृत्वले डेढ करोड रुपैयाँसम्म रकम लिएर प्रतिनिधिसभाको टिकट बेचेको अडियो सार्वजनिक भएको छ ।

    मधेश प्रदेशका कतिपय उम्मेदवारसँग करोड करोड लिएर टिकट बिक्री गरेको दिनेश साहु र प्रमोद न्यौपानेबीचको संवादको अडियो सार्वजनिक भएपछि उक्त पार्टीलाई जान्नेलाई छान्ने होइन, दाम हुनेलाई छान्ने पार्टीको संज्ञा दिन थालिएको छ ।

    यसैक्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा पनि रास्वपाले टिकट बिक्री गरेको तथ्य खुल्दैछ । रास्वपाका उपसभापति डीपी अर्याललाई ठूलो रकम बुझाएर सिन्धुपाल्चोक १ मा भरत पराजुलीले टिकट हत्याएको आरोप छ । २ दिनअघिसम्म टिकट पाउनेमा उनको नामै थिएन । तर एकाएक डीपी अर्याललाई थैली बुझाएपछि उनलाई टिकट दिइएको सिन्धुपाल्चोक रास्वपामै चर्चा हुने गरेको छ ।

    बिगतमा कांग्रेस र एमालेका सरकारसँग मिलेर  मिलेर करछलीदेखि सम्पत्ति शुद्धीकरण गरी री अकूत सम्पत्ति कमाएका पराजुलीलाई टिकट दिएर रास्वपाले कस्तो सुशासन ल्याउन खोजेको हो भन्ने प्रश्न पनि सिन्धुपाल्चोकबासीले उठाउन थालेका छन् । हिजो एमाले भई अकूत कमाएका तिनै पराजुलीलाई रास्वपाले सुनपानी छर्किएर चोख्याएको छ । र, सिन्धुपाल्चोक १ मा उम्मेदवार बनाएको छ ।

    रहस्यमय ढंगले रातारात नवधनाढ्य भएका, सम्पत्ति शुद्धीकरणमा छानिबन हुनुपर्ने र करछली गरी अरबपति भएका पराजुलीलाई रास्वपाले टिकट दिएपछि मधेशमा मात्रै होइन, अन्यत्र पनि टिकट बेचिएको कुरालाई पुष्टि गरेको छ । उनले पनि टिकट किनेरै लिएको आशंका सिन्धुपाल्चोकबासीले गरेका छन् । उनले जिल्लाको निर्वाचनमा मत किन्न पैसाको खोलो नै बगाएका छन् । कांग्रेस, एमाले र माओवादीका गाउँतहका नेतालाई उनले ५ लाखदेखि ५० लाख रुपैयाँसम्ममा खरिद टेण्डर नै गरेका छन् । नेत्र कार्की, लिला नेपाल जस्ता केही कांग्रेस पृष्ठभूमिका ब्यक्तिहरु त पराजुलीको चास्नीमा परिसकेका छन् ।

    भरत पराजुली : खापासटेदेखि जिलेटिन ब्यापारसम्म

    भरत पराजुली माओवादी द्वन्द्वकालसम्म खानेपानी तथा सरसफाइ डिभिजन सिन्धुपाल्चोकमा तल्लो तह(खा.पा.स.टे.)का कर्मचारीका रुपमा काम गर्थे । खापाटेसमा काम गर्दागर्र्दै विश्वबैंकको सहयोग रहेको ग्रामीण खानेपानी तथा सरसफाइ कोष बिकास समिति(फनबोर्ड)अन्तर्गत काम गर्न पुगेका थिए । सिन्धुपाल्चोकको अँधेरीमा फनबोर्डको कार्यालय राखिएको थियो ।

    ७५ प्रतिशत विश्वबैंकको बजेट र २५ प्रतिशत उपभोक्ता समितिबाट उठाएर खानेपानीका धाराहरु जडान गर्ने कार्यक्रम संचालन भएको थियो । पराजुलीले २५ वटा नक्कली उपभोक्ता समिति बनाएर करोडौं भ्रष्टाचार गरेको आरोप पनि त्यसबेला लागेको थियो । ती २५ वटै समितिका नाममा एनसीसी बैंक बाह्रबीसेमा नक्कली उपभोक्ता समितिको खाता संचालन गरी कीर्ते हस्ताक्षर गरी भुक्तानी लिएको आरोप समेत उनीमाथि लागेको थियो ।

    फनबोर्डबाट नक्कली उपभोक्ता समिति बनाएर खानेपानी कार्यक्रमको नाममा पराजुलीले लुट मचाइरहेकै बेला माओवादी जनयुद्ध सुरु भयो । माओवादी जनयुद्ध सुरु भएपछि रातारात धनी हुने बिष्फोटक पदार्थ(जिलेटिन) आयातमा उनी लागेका थिए । भारतबाट २ सय रुपैयाँ किलो पर्ने जिलेटिन नेपालमा आयात गरी उनले १ हजार ६ सय रुपैयाँ किलोमा बिक्री गरी दसौं करोड मुनाफा लिएको आरोप लाग्ने गरेको छ ।

    सडक र जलबिद्युतको सुरुङ निर्माणका लागि बिष्फोटक पदार्थ आवश्यक पर्दछ । विगतमा जलविद्युत आयोजनाका लागि विद्युत विकास बिभागले सिफारिस गरेपछि गृहमन्त्रालय हुँदै भारतीय दूताबासबाट नो अब्जेक्सन लेटर लिएर बिष्फेटक पदार्थ आयात गर्ने ब्यवस्था थियो ।

    पराजुलीले यसैगरी बिष्फोटक पदार्थ आयात गर्दैआएका थिए । तर केही बर्षदेखि जलबिद्युत कम्पनीले आफूलाई आवश्यक पर्ने जिलेटिन आफैं आयात गर्नसक्ने ब्यवस्था सरकारले गरिसकेको छ । तर भरत पराजुलीले सबैतिर सेटिङ गरी त्यो ब्यवस्था लागू हुन रोकेर एकीकृत ब्यापार कम्पनीको नाममा बिष्फोटक पदार्थ भित्र्याउँदैआएका छन् ।

    भन्सारदेखि सबै निकायमा सेटिङ गरी २ सय किलोमा बिष्फोटक पदार्थ आयात गरी १ हजार ६ सयमा बिक्री गर्ने गरिएको छ । शंकास्पद ढंगले अरबौं आर्जन गरेका पराजुलीले फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक १ मा जित्न पैसाको खोलो नै बगाउनेगरी लागेका छन् ।

    सिन्धुपाल्चोक १ का निर्वाचनमा मतको ठेक्का लिएका ठेकेदारहरुलाई उनले ५ लाखदेखि ५० लाख रुपैयाँसम्म दिएको आरोप छ । सम्पत्ति शुद्धिकरणमा छानबिन गरिनुपर्ने उनी चुनाव जितेपछि सांसदलाई प्राप्त हुने सेवा सुबिधा नलिने भन्दै मतदाता आकर्षित गरिरहेका छन् ।

    अरु पार्टीलाई भ्रष्टाचार आरोप लगाउने, मासुभात खुवाएर मत प्रभावित पारेको भन्ने रास्वपाका उम्मेदवार भरत पराजुलीले सिन्धुपाल्चोक १ मा १६–१७ वटा गाडीको लावालस्कर लगाएर मत माग्न जाने गरेका छन् । गाडीको ताँती लगाउने, लाखौं लाख पैसाले मतदाता किन्नेदेखि मासुभात सबै ब्यवस्था पराजुलीले गर्दैआएका छन् । जुन निर्वाचन आचारसंहिताको ठाडै बिरुद्ध छ । तर रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै गाडीको लावालस्कर लगाए पनि निर्वाचन आयोगले केही पनि एक्सन लिन सकेको देखिंदैन ।

    जलबीरे खोलामा ४० मेघावाटको ब्रम्हायणी हाइड्रोपावर कम्पनी निर्माण गर्दा स्थानीयलाई क्षतिपूर्ति लगायतका धेरै प्रक्रिया पूरा नगरेका पराजुलीले मत प्रभावित पार्नका लागि कांग्रेस पृष्ठभूमिकी लीला नेपालको घुमथाङस्थित ओम पार्कलाई १० लाख रुपैयाँ दिएको आरोप छ । उक्त रकम दिएपछि नेपाल केही दिनअघि रास्वपा प्रवेश गरिसकेकी छन् । निजी जग्गामा ओम पार्क बनाइएको छ । जुन पार्क बनाउनका लागि सरकारले बजेट दिएको छ । सरकारी बजेट खर्च गरी निजी जग्गामा पार्क बनाउनु अख्तियारको दुरुपयोग हो । उक्त पार्क बनाउन सरकारबाट रकम भुक्तानी गर्नु कानुनबिपरीत भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नसक्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार