रोल्पा । नेपालको चुनावी राजनीतिमा प्रायः भविष्यका वाचा, योजना र आकर्षक नाराहरू हाबी हुने गरेका छन् । तर रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार वर्षमान पुन अनन्तले यसपटक फरक शैली अपनाएका छन्। उनले भविष्यका प्रतिबद्धताभन्दा विगतमा सम्पन्न कामलाई आधार बनाएर मत माग्ने रणनीति अघि सारेका छन् ।
तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका पुनले “के गर्ने” भन्दा “के गरियो” भन्ने बहसलाई केन्द्रमा राखेका छन् । उनका चुनावी सामग्रीहरूमा सडक विस्तार, विद्युत् पहुँच वृद्धि, शिक्षा तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरण, खानेपानी, सिँचाई, विद्युतीकरण, स्थानीय कनेक्टिभिटी विस्तार र संघीय बजेटमार्फत ल्याइएका योजनाहरूलाई तथ्य र तथ्याङ्कसहित प्रस्तुत गरिएको छ । विशेषगरी भिडियो सामग्रीमार्फत प्रमाणसहित उपलब्धि देखाउने प्रयासलाई रोल्पामा नयाँ अभ्यासका रूपमा हेरिएको छ। उनले ती भिडिओहरुलाई आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिरहेका छन् ।
राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रूपमा स्थापित पुनको भूमिकाबारे विगतमा बहस हुँदै आएको थियो। अर्थ, पूर्वाधार र नीतिगत छलफलमा सक्रिय रहे पनि जिल्लामा ठोस काम नदेखिएको भन्ने आलोचना उनीमाथि सुनिँदै आएको थियो। यसपटक भने उनले त्यही धारणा तोड्ने गरी विकासका काम सार्वजनिक गरेका छन् ।
रोल्पा ऐतिहासिक रूपमा राजनीतिक चेतना र परिवर्तनको केन्द्र मानिन्छ । यहाँ मतदाता अपेक्षाकृत सचेत र परिणाममुखी रहेको विश्लेषकहरू बताउँछन्। यस्तो सन्दर्भमा “काम देखाएर मत माग्ने” अभ्यासले चुनावी विमर्शलाई भावनात्मक नाराबाट तथ्यमा आधारित मूल्यांकनतर्फ मोड्ने संकेत दिएको छ ।
पुनले आफ्नो कार्यकालको मूल्यांकन तथ्यका आधारमा गर्न मतदातासमक्ष आग्रह गरेका छन्। यसले चुनावी प्रतिस्पर्धालाई आरोप–प्रत्यारोपभन्दा बाहिर निकालेर उपलब्धि–केन्द्रित बहसतर्फ लैजाने प्रयासका रूपमा बुझिएको छ ।
नेता पुन भन्छन्, ‘जनतालाई अब भविष्यका सपना बाँडेर मात्रै हुँदैन, विगतमा जनप्रतिनिधिको भूमिकाम रहँदा के गरियो भनेर तथ्यगत रुपमा बताउनुपर्दछ भन्ने लागेर नै मैले यो अभियान सुरु गरेको हुँ। यसले नेपाली राजनीतिमा पनि नयाँ परम्पराको विकास हुने विश्वास लिएको छु ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend