काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् । गृहजिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण दिँदै पुनले यस्तो बताएका हुन् ।
हरेकपटकका निर्वाचनमा आफूहरुले कांग्रेसलाई इमान्दारितापूवर्क मत दिने तर, कांग्रेसबाट धोका खाने क्रम दोहोरिंदै आएको उनको भनाइ छ ।
‘कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ । कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं,’ पुनले भने, ‘काँग्रेससँगको गठबन्धनले राजनीतिक रुपमा हामीलाई घाटा या नाफा के छ ? हामी हरेक चुनावमा इमान्दार कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ ?’
यसअघि विभिन्न प्रकरणमा काँग्रेस नेतृत्वले पार्टीभित्रको गुटबन्दी र शक्ति संघर्षलाई कारण देखाउने गरेको भन्दै पुनले योपटक त्यत्तिले मात्र नपुग्ने बताए । पुनले दुई वर्षअघि पनि कोशीबाट राष्ट्रिय सभामा जसपा उम्मेदवारलाई कांग्रेसले भोट नदिएर बेइमानी गरेको स्मरण गरे ।
पुनले आफूभित्रको अराजकता र अराजनीतिक प्रवृत्तिको समीक्षा गर्न कांग्रेस नेतृत्वसँग माग पनि गरे । यस्तै कांग्रसबाट कोशीमा भएको धोकाबारे सत्ता गठबन्धनको बैठकमा छलफल हुने पनि उनकाे भनाइ छ ।
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend