काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटन नगर्न आफूले रोक्न खोजेको बताएका छन् ।
आज मधेस प्रदेशको राजधानी जनकपुरस्थित महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानमा आयोजित राष्ट्रियसभाका लागि सत्ता गठबन्धनले खडा गरेका उम्मेदवार र मतदाताबिचको अभिमुखीकरण कार्यक्रममा पुनले आफूले ओलीलाई संसद् विघटन नगर्न आग्रहसहित रोक्ने प्रयास गरेको बताएका हुन् ।
ओलीले आफैँले स्वामित्व लिएको संविधानको मर्म र भावना तथा नेपाली जनताको १०औँ हजारको बलिदानबाट स्थापित गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता सामाजिक न्यायलगायतका शासन प्रणालीका आधारहरुमाथि प्रहार गरेका कारण आफूहरु सरकारबाट बाहिरिएको उनको भनाइ छ ।
‘संसद् विघटनको निर्णय गर्ने क्याबिनेटमा म आफैँ थिएँ । मसहित केही साथीहरुले त्यतिखेरका प्रधानमन्त्रीलाई नेपाली जनताको १०औँ हजारको बलिदानबाट स्थापित गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता सामाजिक न्याय लगायतका शासन प्रणालीका आधारहरुमाथिको प्रहार र घात हुने गरी संसद् विघटन नगर्नुस् भनेका थियौँ’, पुनले भने, ‘उहाँले मान्नुभएन र संसद् विघटन गर्नुभयो ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend