काठमाडौं । नेपाली कांग्रेसभित्र बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदसय कृष्णप्रसाद सिटौला, महामन्त्री सशांक कोइरालासहितका सभापति शेरबहादुर देउवालाई सर्वसम्मत प्रधानमन्त्री हुनका लागि अनुरोध गरेपछि प्रधानमन्त्री केपी ओलीले महन्थ ठाकुरलाई प्रधानमन्त्री पदको अस्त्र प्रयोग गरेका छन् । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई हटाउन महन्थ ठाकुरलाई नै प्रधानमन्त्री पदको प्रस्ताव गरेको थाहा पाएपछि ओलीले पनि यो अस्त्र प्रयोग गरेका छन् ।
प्रचण्ड र ओली दुवैतिरबाट प्रस्ताव आएपछि जनता समाजवादी पार्टीले अध्यक्ष ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आन्तरिक छलफल सुरु गरेको छ । शुक्रबार बसेको जसपाको संयुक्त संसदीय दलको बैठकमा सांसदहरुले सरकारको नेतृत्व गर्ने मौकालाई सदुपयोग गर्न सुझाव दिएका थिए ।
जसपालाई सरकारको नेतृत्व गर्ने अवसर आएमा जसपाले ठाकुरलाई अघि सार्ने सो पार्टीका नेताहरुले बताउने गरेका छन् ।
शुक्रबार बसेको संसदीय दल बैठकको अध्यक्षता पनि ठाकुरले नै गरेका थिए । ठाकुरलाई अध्यक्षमा प्रस्ताव गरे पनि जसपाले अझै संसदीय दलको नेता चयन गर्नसकेको छैन ।
दलको नेता चयन नभएसम्म ठाकुरले अध्यक्षता गर्ने सहमति जसपाले गरेको छ । जसपाका नेता केशव झाले जसपाले सरकारको नेतृत्व गर्ने अवसरको सदुपयोग गर्नुपर्छ, ब्यक्तिको कुरा अहिले तय भइसकेको छैन ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend