Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज बिहानै माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


    शनिबार, फाल्गुन २९ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। पछिल्लो समय विकसित  भएका राजनीतिक घटनाक्रम र भावी रणनीति तय गर्नका लागि आज विहानै  नेकपा माओवादी केन्द्रले स्थायी कमिटी वैठक बोलाएको छ ।
    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी भित्र, बाहिर र नयाँ सरकारबारे आवश्यक छलफल गर्न वैठक बोलाएका हुन् ।

    आज बिहान ९ बजे बस्ने बैठकमा एमालेमा गएका नेतारु रामबहादुर थापा, टोपबहादुर रायमाझी लगाएतका नेताहरुलाई कारवाही गर्ने र नयाँ सत्ता समीकरणको विषयमा छलफल गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।

    माओवादी केन्द्रले आज बिहान  ९ बस्ने बस्ने स्थायी कमिटी बैठकबाट एमालेमा गएका आफ्ना नेतालाई पार्टीमै फर्किन अन्तिम पटक आग्रह गर्ने, नमाने कारबाहीको निर्णय गर्ने तयारी अगाडि बढाएको छ ।

     नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच छलफल भएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी कमिटी बैठक बोलाएका हुन् । अहिले संसदको अंक गणितमा नयाँ सरकार गठनमा जसपा निर्णायक देखिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार