Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पेट्रोलियम पदार्थको मूल्यबृद्धि, पेट्रोलमा प्रतिलिटर १ र डिजेलमा ३ रुपैयाँ बढ्यो


    आइतबार, फाल्गुन ३ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । निर्वाचनको मुखमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ बृद्धि भएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढेको छ ।

    इन्डियन आयल कर्पोरेसनले फागुन ३ गतेबाट पेट्रोलमा १ रुपैयाँ ५१ पैसा र डिजेलमा ५ रुपैयाँ २ पैसाले मूल्यबृद्धि गरेको उल्लेख गर्दै उपभोक्तावर्गको हितलाई मध्यनजर गरी निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मात्र बढाएको आइतबार राति जारी विज्ञप्तिमा उल्लेख छ ।

    सोमबार बिहानदेखि नयाँ मूल्य लागू हुने निगमले जनाएको छ ।

    यस्तो छ नयाँ मूल्यसूची

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार