वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको छ।
राजस्व छलीको विशेष सूचनाका आधारमा गरिएको छापाका क्रममा व्यापारी र सुरक्षाकर्मीबीच झडपसमेत भएको छ। झडपमा तीन जना सशस्त्र प्रहरी कर्मचारी सामान्य घाइते भएका छन्।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा बल तथा वीरगञ्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीका अनुसार आदर्शनगरमा प्रमोदकुमार कानुले सञ्चालन गरेको ‘बबिता इन्टरप्राइजेज’ नामक गोदाममा विशेष सूचनाका आधारमा सशस्त्रसहितको टोली पुगेको थियो।
टोलीले गोदाममा खानतलासी सुरु गर्नासाथ स्थानीय व्यापारीहरूले कडा विरोध जनाएका थिए। व्यापारीहरूले आफूहरूसँग सामानको स्पष्ट बिलबिजक रहेको दाबी गर्दै विनाकारण दुःख दिइएको आरोप लगाएका छन्। बिल देखाउँदा समेत सामान नियन्त्रणमा लिन खोजिएपछि अवस्था तनावग्रस्त बनेको उनीहरूको भनाइ छ।
सशस्त्र प्रहरीका अनुसार आक्रोशित व्यापारीहरूको समूहले ढुङ्गामुढा गरेपछि झडपको स्थिति सिर्जना भएको हो। ढुङ्गा प्रहारका कारण सशस्त्र प्रहरीले प्रयोग गरेको गाडीको अगाडिको सिसा फुट्नुका साथै तीन जना सशस्त्र प्रहरी कर्मचारी सामान्य घाइते भएका छन्।
छापामारीका क्रममा सशस्त्र प्रहरीले गोदामबाट पाँच पोका साडी, कुर्ता–सुरुवालसहितका कपडाजन्य सामग्री नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुमानअनुसार नियन्त्रणमा लिइएको सामानको मूल्य करिब पाँच लाख रुपैयाँ बराबर रहेको बताइए पनि विस्तृत विवरण र यकिन परिमाण भने हालसम्म सार्वजनिक गरिएको छैन।
हाल नियन्त्रणमा लिइएका सामानको लगत संकलन र मुचुल्का उठाउने कार्य भइरहेको छ। गोदामको स्वामित्व र सामान वैध हो वा होइन भन्ने विषयमा थप अनुसन्धान जारी रहेको नायब उपरीक्षक अधिकारीले जानकारी दिए। घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend