काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा कार्यालयले बुधबार निर्णय गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम कारबाही गरेको हो ।
कार्यालयका अनुसार कालोसूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर मुलुकभरका कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।
कालोसूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्ताहरूमा कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि, श्रीओम अटो ल्युब प्रालि, आर्कटिक कन्स्ट्रक्सन प्रालि, ग्रीन वल्र्ड कन्स्ट्रक्सन प्रालि, अग्रिम–लङभिजन–धनलक्ष्मी जेभी लगायत रहेका छन् ।
कार्यालयले बिहीबार जारी गरेको सूचनामा कालोसूचीमा राखिएका कम्पनीहरू तोकिएको समयावधिसम्म सार्वजनिक खरिद प्रक्रियामा संलग्न हुन नपाउने स्पष्ट गरिएको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज ९एमबीएस० प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend