Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६१ जिल्लामा निर्वाचन प्रहरी छानिए, भोलिदेखि तालिम


    बुधबार, माघ १४ २०८२
    640
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा परिचालन गर्न ६१ वटा जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् । यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएका छन् । आवेदकहरू मध्ये ६१ जिल्लामा नतिजा प्रकाशन गरिएको प्रहरी प्रवक्ता (डीआईजी)अबि नारायण काफ्लेले बताए ।

    निर्वाचन प्रहरी चाहिए भन्दा थोरै दरखास्त परेका १६ जिल्लामा नतिजा प्रकाशनको तयारी भइरहेको छ । अपुग भएका जिल्लामा पुनः दरखास्त आह्वान गरिएको र ती जिल्लामा बुधवार लिखित र मौखिक परीक्षाको नतिजा प्रकाशन गरिने डीआईजी काफ्लेले बताए ।

    निर्वाचन प्रहरीलाई माघ १५ बाट तालिम गराइने छ । १० दिने तालिम दिएर उनीहरूलाई माघ २५ देखी फिल्डमा परिचालन गरिने छ ।

    यसपटकको निर्वाचनमा प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी गर्दैछ । त्यसका लागि अर्थ मन्त्रालयले प्रहरीलाई ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार