काठमाडौं । बिशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएपछि उनी नेपाली कांग्रेसलाई एकजुट बनाउने अभियानमा लागेका छन् । सभापति थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टी पंक्तिलाई एकढिक्का भएर लाग्न आग्रह गरेका छन् ।
केन्द्रीय कार्यालयले जिल्ला कार्यसमिति तथा सबै जिल्ला सभापतिलाई परिपत्र गर्दै निर्वाचनसम्बन्धी कार्यक्रममा सक्रिय रूपमा सहभागी हुन निर्देशन दिएको हो ।
परिपत्रमा कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अघि बढिरहेको उल्लेख गर्दै आसन्न निर्वाचनमा उच्च आत्मविश्वास र व्यापक तयारीका साथ अघि बढ्नुपर्ने बेला आएको बताइएको छ।
पत्रमा भनिएको छ, ‘अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकढिक्का भई एकताका साथ अगाडि बढ्नु पर्ने बेला आएको छ।’
कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई समेत नामै उल्लेख गरेर सहयोगको अपेक्षा व्यक्त गरेको छ ।
पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहनु भएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहनेछ भन्ने पार्टीले विश्वास लिएको छ।’
कांग्रेसले आफू नयाँ अध्यायमा प्रवेश गरेको उल्लेख गर्दै यसअघि विभिन्न कारणले पार्टीबाट अलग भएका, अन्य राजनीतिक समूहमा क्रियाशील रहेका, निष्क्रिय रहेका तथा आफूलाई अन्यायमा परेको महसुस गरेका सबैलाई पुनः पार्टीको मूलधारमा फर्किन आग्रह गरेको छ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend