काठमाडौं । नेपाल प्रहरीले निर्वाचन प्रहरीका लागि आवश्यक लत्ताकपडा र जुत्ता खरिदको जिम्मा पुरानै ठेकेदारहरुको समूहलाई गोप्यरुपमा दिइसकेको छ ।
प्रहरीमा सधैं सेटिङमा ठेक्का कब्जा गर्दै आएको समूहलाई नै प्रहरीको आर्थिक तथा प्रबन्ध निर्देशनालयले गोप्यरुपमा निर्वाचन प्रहरीको लत्ताकपडा, जुत्ता लगायतका सामग्री खरिदको लागि आदेश दिइसकेको स्रोत बताउँछ । स्रोतका अनुसार निर्वाचन प्रहरी (म्यादी) को लागि लत्ताकपडा खरिदको काम टोपेन्द्र बीसी, श्रवण अग्रवाल, रितेश अग्रवाल, वीरेन्द्र जोशी र राजमान मिश्र लगायतले पाइसकेका छन् ।
गोप्यरुपमा उनीहरुरुलाई बिभिन्न किसिमका सामानको ठेक्का दिइसकिएको छ । स्रोतका अनुसार सेटिङका यी ठेकेदारहरुलाई प्रबन्ध निर्देशनालयका इन्स्पेक्टर इश्वरी अधिकारी, डीएसपी प्रकाश थापा र एसपी नवराज मल्लले निर्वाचन प्रहरीका लागि आवश्यक सामान आपूर्तिको जिम्मा दिइसकेका छन् ।
प्रबन्धका हाकिमहरुको आदेश अनुसार सेटिङमा ठेक्का पाएका ठेकेदारहरुले बीरगञ्जमा लत्ताकपडा सिलाउन सुरु समेत गरिसकेका छन् । तर प्रबन्धका इन्स्पेक्टर अधिकारी र डीएसपी थापाले भने लत्ताकपडा खरिदको निर्णय नभइसकेको भन्दै काम माग्न आउने अन्य आपूर्तिकर्ताहरुलाई जवाफ दिने गरेका छन् ।
निर्वाचन प्रहरीका लागि सामान आपूर्तिको ठेक्काका लागि बिभिन्न च्यानल प्रयोग गर्दै जाने ठेकेदारहरुलाई प्रबन्धका डीएसपी थापाले केही निर्णय भइनसकेकाले आउँदै गर्नू भनेर फर्काउने गरेका छन् । स्रोत भन्छ–टोपेन्द्र बीसी, श्रवण अग्रवाल, रितेश अग्रवाल, वीरेन्द्र जोशी लगायतले लत्ताकपडाको ठेक्का सेटिङमा सुटुक्क लिएर सिलाई सुरु गरिसकेका छन् । तर अरु ठेकेदारहरुलाई भने निर्णय नभएको भन्दै फर्काउने, एक हप्तापछि आउनू भन्दै झुलाउने गरिएको छ ।
चुनावको मिति आउन अब डेढ महिनामात्र बाँकी छ, निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिने अवधि माघ १ गते(बिहीबार) सकिसकेको छ । तर निर्वाचन प्रहरीका लागि लत्ताकपडा तयार गर्न भने निर्णय नभइसकेको भन्दै प्रबन्ध निर्देशनालयले गुमराहमा राख्ने काम गरेको छ । माघ अन्तिमसम्म झुलाउने र १५ दिनअगाडि ‘तपाईहरुले काम गर्नसक्नुहुन्छ’ भनेर सोध्ने, १५ दिनमा सामान कसैले पनि दिन सक्दैन । अनि तिनै सेटिङ ठेकेदारबाट सामान खरिद गर्ने निर्णय गर्न बाटो खुल्नेछ । उनीहरुले सेटिङमा पहिले नै सामान तयार गरिसकेकाले सहजै दिनसक्छन् ।
छोटो अवधिमा बोलपत्र निकाली प्रतिस्पर्धामार्फत् खरिद गर्नुपर्नेमा सेटिङमा निश्चित सेटिङका रैथाने ठेकेदारहरुलाई गोप्यरुपमा निर्वाचन प्रहरीको लत्ताकपडाको काम दिइसकिएको प्रहरी स्रोतको दाबी छ ।
आईजीपी दानबहादुर कार्कीले निर्वाचन प्रहरीका लागि आवश्यक लत्ताकपडाको ठेक्काको काम प्रबन्ध निर्देशनालयले हेर्ने हो भन्दै पन्छिने गरेका छन् । तर निर्वाचन प्रहरीका लागि आवश्यक १ अर्ब रुपैयाँभन्दा बढी बजेटको ठेक्कामा टोपेन्द्र बीसी र श्रवण अग्रवालको रैथाने ठेकेदारको समूहले नेपाल प्रहरीका पूर्व डीएसपी गणेश चन्दमार्फत् आईजीपी कार्कीकै पारिवारिक सदस्यसँग सेटिङ मिलाएर ठेक्का हात पारी लत्ताकपडा तयार गर्न थालिसकेको स्रोत बताउँछ । चन्दमार्फत् निर्वाचन प्रहरीको लत्ताकपडा खरिदको बजेटको निश्चित प्रतिशत ती पारिवारिक सदस्यलाई एडभान्स अग्रिम बुझाएर बीसी र अग्रवाल लगायत ठेकेदारको समूहले काम सुरु गरिसकेको स्रोत बताउँछ ।
पूर्वडीएसपी चन्द पछिल्ला दिनमा आईजीपी कार्कीका पारिवारिक सदस्यमार्फत् प्रहरीका ठेक्कादेखि सरुवा बढुवामा बिचौलियाका रुपमा परिचालित भएका पात्रका रुपमा चिनिन्छन् । तर आईजीपी कार्की भने यो सेटिङका बारेमा आफू ‘अनभिज्ञ’ देखाउँदै डीआईजी बिश्व अधिकारी र प्रबन्धतिरै देखाउने गरेको ठेकेदारहरुबीच चर्चा छ । अर्का बिचौलिया रमेश कार्कीले समेत निर्वाचन प्रहरीको लागि आवश्यक सामान खरिदमा चलखेल गरिरहेका छन् ।
१ लाख ३३ हजार ९ सय ८० संख्यामा निर्वाचन प्रहरी नेपाल प्रहरीले माग गरेको छ । निर्वाचन प्रहरीको लत्ताकपडा लगायतका लागि करिब १ अर्ब रुपैयाँ भन्दा बढी बजेट रहेको छ ।
गृहमन्त्रालय के गर्दैछ ?
जेनजीको बिद्रोहपछि सुशासनको लागि गठन भएको नागरिक सरकारले प्रहरीमा विनाप्रतिस्पर्धा हुन लागेको खरिदको यो डरलाग्दो सेटिङका बारेमा चासो राख्छ कि राख्दैन ? भन्ने प्रश्न पछि उठेको छ ।
निर्वाचन प्रहरीको कपडा, जुत्ता लगायतका सामान के कति दररेटमा खरिद गरिंदैछ भन्ने गृहमन्त्रालयले समेत चासो लिनुपर्ने प्रहरी अधिकारी बताउँछन् । यसअघि गएको भदौमा प्रहरीको लत्ताकपडा लगायतको खरिदमा ४८ करोड भन्दा बढी अनियमितता भएको बिषयमा चर्चा परिचर्चा भएपछि गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनमा टेण्डर रद्द भएको थियो । निर्वाचन प्रहरीको लत्ताकपडाको ठेक्कामा पनि सेटिङ भएको बिषयमा गृहमन्त्रालयले चासो दिनुपर्ने आवाज उठेको छ ।
प्रबन्धमा कार्कीको टीम, खरिदमा रैथाने ठेकेदारकै सिन्डीकेट
नेपाल प्रहरीको बन्दोबस्तीदेखि सबै सामान खरिद गर्ने आर्थिक तथा प्रबन्ध निर्देशनालयको टीम आईजीपी कार्कीले आफू नियुक्ति हुन केही दिनअघि नै गरिसकेका थिए । कार्कीले आफू आउनुअघि नै इन्स्पेक्टरदेखि डीएसपी परिवर्तन गरेका थिए । उनले प्रबन्ध निर्देशनालयको डीएसपीमा प्रकाश थापा र इन्स्पेक्टरमा ईश्वरी अधिकारीलाई ल्याएका थिए । डीएसपी थापा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट र अधिकारी लुम्बिनी प्रदेश ट्राफिक कार्यालयबाट प्रबन्धमा लगिएका थिए ।
चन्द्रकुवेर खापुङको एक महिना कार्यकाल बाँकी हुँदै कार्कीले यो टीम सेट गरेका थिए । इन्स्पेक्टर अधिकारी कार्कीकै गृहजिल्ला गुल्मीका भएकाले उनकै विशेष चाहनामा प्रबन्धमा भित्र्याइएको थियो ।
आईजीपी हुनु एक महिनाअघि नै प्रहरीको खरिद गर्ने प्रबन्धमा आफूअनूकुलको सेट कार्कीले फिट गरेका थिए । प्रबन्धका अरु अधिकृत हटाए पनि कार्कीले एसपी नवराज मल्ललाई भने यथावत नै राखेका थिए । अरुलाई सरुवा गरे पनि मल्ल कार्कीकै विश्वासपात्र भएकाले उनी थमौती भएका थिए ।
आईजीपी कार्कीले ल्याएको यो टीमसँग बर्षौंदेखि सेटिङमा प्रहरीको ठेक्का कब्जा गर्दैआएको ठेकेदारको समूहको हिमचिम रहेकाले निर्वाचन प्रहरीको लत्ताकपडा पनि त्यही सिन्डीकेट कायम भएको छ । प्रतिस्पर्धाका आधारमा ठेक्का दिएर जेनजीको भावनाअनुसार काम गर्नुपर्नेमा प्रबन्धको टीमले आईजीपी कार्कीको परिवारका सदस्यको चाहनामा सेटिङकै ठेकेदारलाई निर्वाचन प्रहरीको लत्ताकपडाको ठेक्का दिन लागेको आरोप छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend