काठमाडौं । सशस्त्र प्रहरीमा निर्वाचन प्रहरीको लत्ताकपडा खरिदमा समेत सशस्त्रमा सेटिङ भएको छ । निर्वाचन प्रहरीको लत्ताकपडा, स्वीेटर लगायत सबै खरिद ठेकेदार टोपेन्द्र बीसी र श्रवण अग्रवालले मात्र पाएपछि सेटिङ भएको तथ्य बाहिरिएको हो । निर्वाचन प्रहरीका लागि सामान खरिद गर्दा समय छोटो भएकाले टेण्डर नगरी सिधै खरिद गरिएको थियो ।
आर्थिक प्रशासनका प्रमुख एसएसपी विकास घिमिरे र लुम्बिनी प्रदेशका डीआईजी दीपेन्द्र कुँवरकै सेटिङमा बीसी र अग्रवालले सशस्त्रको निर्वाचन प्रहरीको ठेक्का पाएका थिए । गएको भदौमा नेपाल प्रहरीको लत्ताकपडा ठेक्का विवादमा परेपछि गृहमन्त्री अर्यालले रद्द गर्न लगाएका थिए । तर जेनजी आन्दोलनपछि सशस्त्रमा भने लत्ताकपडा खरिद प्रतिस्पर्धाका आधारमा कम दरमा टेण्डर बिट गर्ने कम्पनीले पाएका थिए ।
सेटिङ गर्न नपाएपछि टोपेन्द्र बीसी, श्रवण अगवाल लगायतको समूहले सशस्त्रमा एक्लौटी ठेक्का पाउन सकेनन् । भदौमा प्रतिस्पर्धा हुँदा ठेक्का पाउन नसकेको भन्दै ठेकेदार बीसी र अग्रवाल आईजीपी अर्यालसँगै गएर याचना गरेपछि निर्वाचन प्रहरीको काम भने सबै उनीहरुलाई दिइएको स्रोत बताउँछ ।
निर्वाचन प्रहरीको जुत्ताबाहेक सबै सामान बीसी र अग्रवालले पाएका थिए । जसको चाँजोपाँजो बाहिरै बसेर डीआईजी दीपेन्द्र कुँवरले मिलाएका थिए । कुँवर ३ बर्षभन्दा बढी समय सशस्त्रको प्रबन्धमा बसेकाले उनी सशस्त्रका खरिदमा अहिले पनि हावी छन् । उनकै डिजाइनमा विकास घिमिरेलाई आर्थिक प्रशासनमा सरुवा गरिएको थियो ।
सशस्त्र प्रहरी बलले चुनावको सुरक्षार्थ १५ हजार ३ सय जना निर्वाचन प्रहरी भर्ना गर्ने कोटा पाएको थियो । कानुन समूहका एसएसपी युवराज अर्यालमार्फत् गृहमन्त्री ओमप्रकाश अर्यालसम्म लबिङ गरी सशस्त्रले निर्वाचन प्रहरी भर्ना गर्ने कोटा पाएको थियो ।
गृहमन्त्री अर्याल एसएसपी युवराज अर्यालका नाताले भतिजा पर्ने भएकाले सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले उनीमार्फत् निर्वाचन प्रहरीको कोटा यो निर्वाचनमा ल्याउन सफल भएको भएको चर्चा हुने गरेको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend