काठमाडौं । सशस्त्र प्रहरीमा निर्वाचन प्रहरीको लत्ताकपडा खरिदमा समेत सशस्त्रमा सेटिङ भएको छ । निर्वाचन प्रहरीको लत्ताकपडा, स्वीेटर लगायत सबै खरिद ठेकेदार टोपेन्द्र बीसी र श्रवण अग्रवालले मात्र पाएपछि सेटिङ भएको तथ्य बाहिरिएको हो । निर्वाचन प्रहरीका लागि सामान खरिद गर्दा समय छोटो भएकाले टेण्डर नगरी सिधै खरिद गरिएको थियो ।
आर्थिक प्रशासनका प्रमुख एसएसपी विकास घिमिरे र लुम्बिनी प्रदेशका डीआईजी दीपेन्द्र कुँवरकै सेटिङमा बीसी र अग्रवालले सशस्त्रको निर्वाचन प्रहरीको ठेक्का पाएका थिए । गएको भदौमा नेपाल प्रहरीको लत्ताकपडा ठेक्का विवादमा परेपछि गृहमन्त्री अर्यालले रद्द गर्न लगाएका थिए । तर जेनजी आन्दोलनपछि सशस्त्रमा भने लत्ताकपडा खरिद प्रतिस्पर्धाका आधारमा कम दरमा टेण्डर बिट गर्ने कम्पनीले पाएका थिए ।
सेटिङ गर्न नपाएपछि टोपेन्द्र बीसी, श्रवण अगवाल लगायतको समूहले सशस्त्रमा एक्लौटी ठेक्का पाउन सकेनन् । भदौमा प्रतिस्पर्धा हुँदा ठेक्का पाउन नसकेको भन्दै ठेकेदार बीसी र अग्रवाल आईजीपी अर्यालसँगै गएर याचना गरेपछि निर्वाचन प्रहरीको काम भने सबै उनीहरुलाई दिइएको स्रोत बताउँछ ।
निर्वाचन प्रहरीको जुत्ताबाहेक सबै सामान बीसी र अग्रवालले पाएका थिए । जसको चाँजोपाँजो बाहिरै बसेर डीआईजी दीपेन्द्र कुँवरले मिलाएका थिए । कुँवर ३ बर्षभन्दा बढी समय सशस्त्रको प्रबन्धमा बसेकाले उनी सशस्त्रका खरिदमा अहिले पनि हावी छन् । उनकै डिजाइनमा विकास घिमिरेलाई आर्थिक प्रशासनमा सरुवा गरिएको थियो ।
सशस्त्र प्रहरी बलले चुनावको सुरक्षार्थ १५ हजार ३ सय जना निर्वाचन प्रहरी भर्ना गर्ने कोटा पाएको थियो । कानुन समूहका एसएसपी युवराज अर्यालमार्फत् गृहमन्त्री ओमप्रकाश अर्यालसम्म लबिङ गरी सशस्त्रले निर्वाचन प्रहरी भर्ना गर्ने कोटा पाएको थियो ।
गृहमन्त्री अर्याल एसएसपी युवराज अर्यालका नाताले भतिजा पर्ने भएकाले सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले उनीमार्फत् निर्वाचन प्रहरीको कोटा यो निर्वाचनमा ल्याउन सफल भएको भएको चर्चा हुने गरेको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend