काठमाडौं । भोजभतेरमा मदिरा राख्ने प्रचलन नै बनिसकेको छ । त्यसमाथि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको बन्दोबस्तीका सामान आपूर्ति गर्ने ठेकेदारको भोजमा मदिरा हुने नै भयो । पाँचतारे होटल सोल्टीको उक्त भोजमा निम्तालुका लागि ब्रान्डेड मदिरा, वाइनदेखि बियर राखिएको थियो ।
मदिराको सुरमा बिगतका तीता कुराहरु अभिब्यक्त हुने गर्दछन् । यस्तै भएको छ, सुरक्षा निकायमा सामान आपूर्ति गर्ने ठेकेदार राजमान मिश्रको छोरीको बिबाह भोजमा । माघ ३ गते ताहाचलस्थित होटल सोल्टीमा मिश्रकी छोरीको पार्टी थियो । उक्त भोजमा सुरक्षा निकायमा सामान आपूर्ति गर्ने ठेकेदारहरु सहभागी हुने नै भए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको प्रशासन, प्रबन्ध र आर्थिक प्रशासनदेखि लेखा शाखामा काम गरिसकेका पूर्व र वर्तमान अधिकृतहरुसमेत सहभागी थिए ।
मिश्रको आयोजनामा भएको उक्त भोजमा मदिरापान गर्दै गएपछि एक ठेकेदारले अर्को ठेकेदारलाई आफ्नो काम खोसेको भनेर भनाभन, तँ तँ म म मात्र होइन, हात नै हात नै हालाहालको अवस्था सृजना भएको थियो ।
भोजमा सुरक्षा निकायमा बन्दोबस्तीकै सामान आपूर्ति गर्ने धादिङका प्रल्हाद अधिकारीले अर्का ठेकेदार टोपेन्द्र बीसीलाई आफूले पाउन लागेको ठेक्का खोसेको आरोप लगाएका थिए । सशस्त्र प्रहरीको जंगल ह्याटको टेण्डर प्रल्हादले पाउनेगरी भनसुन गराएर नमूना तयार गरे । भने बमोजिम नै प्रल्हादले नमूना तयार गरेका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकै स्वकीय सचिव भानु देउवाबाट भन्न लगाएकाले जंगल ह्याटको ठेक्का पाउने कुरामा अधिकारी ढुक्क थिए ।
सशस्त्रले उनकै नमूनासँग मिल्ने स्पेक बनाएर टेण्डर गरे पनि सशस्त्रले कारणबस उक्त टेण्डर रद्द गर्यो । १५ दिनको अवधि राखेर पुनः टेण्डर गरियो । सशस्त्रले पुनः टेण्डर गर्दा जंगल ह्याटको ठेक्का प्रल्हादले पाउन सकेनन् । नेपाल टेलिकमका कर्मचारी भएर पनि श्रीमतीका नाममा कम्पनी खोलेर सुरक्षा निकायमा ठेक्कापट्टा गर्ने तेजसम इन्टरप्राईजेजका टोपेन्द्र बीसीले जंगल ह्याट आपूर्तिको ठेक्का पाए । नमूना तयार गर्न करिब ५ लाख खर्च गरिसकेका प्रल्हाद अधिकारी ठेक्का नपाएपछि रुष्ट भएका थिए ।
मिश्रको भोजमा बीसीलाई उनले त्यही तीतो पोख्ने क्रममा झगडा भएको र हात हालाहालकै तहमा पुगेपछि बलिया पाखुरा भएका अर्का ठेकेदार मित्र लामाले दुबैलाई छुट्याएका थिए । भोजमा अप्रिय स्थिति आउन नदिन लामाले सम्झाएर कुटाकुट हुनबाट रोकेका थिए । बीसीले नियोजित ढंगले सशस्त्रको प्रबन्धका एसएसपी दीपेन्द्र कुँवरको आडमा पहिलो टेण्डर रद्द गराएर रिटेण्डर गरी जंगल ह्याटको ठेक्का प्राप्त गरेको आरोप प्रहाल्दले लगाएका थिए ।
धादिङका कांग्रेस नेता तथा हालका कृषिमन्त्री रामनाथ अधिकारी, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको समेत निकट भएकाले उनीहरुले समेत भनसुन गरिदिएर प्रल्हादले नेपाल प्रहरी र सशस्त्रका बन्दोबस्तीका सामान आपूर्ति गर्दैआएका छन् ।
उनीहरुले नै भनिदिएर प्रल्हादले गएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनावमा म्यादी प्रहरीको पोशाक लगायतको काम पनि पाएका थिए । सार्वजनिक खरिद ऐन नियम छल्न खाँण गृहमन्त्री हुँदा म्यादी प्रहरीको लागि आवश्यक पोशाक लगायत जिल्ला जिल्लाबाट खरिद गरिएको थियो । प्रहरी प्रधान कार्यालयबाटै यो यो ठेकेदारबाट खरिद गर्नू भनेर खरिद नियमावली छल्न म्यादी प्रहरीको पोशाक लगायत खरिद गरिएको थियो ।
डेढ बर्षअघि करिब ४० करोड रुपैयाँ बराबरको हिमाली सामान(स्नो आइटम) को मिश्रले आर्थिक प्रशासनका एसएसपी होम ज्ञवालीमार्फत् लिएपछि कुँवर निकै रुष्ट थिए । रवि लामिछानेको पार्टी (रास्वपा)का केन्द्रीय सदस्य बिष्णकुमार श्रेष्ठलाई पार्टनर राखेर स्नो आइटमको ठेक्का मिश्रले लिएका थिए । आफूलाई महत्व नदिई होम ज्ञवालीमार्फत् ठेक्का लिएपछि कुँवर–मिश्रबीच पानी बाराबार जस्तै रहेको स्रोत बताउँछ ।
ठेकेदार मिश्र पनि कुँवर सशस्त्रको प्रबन्धमा रहेसम्म हलचोक नछिर्ने कसम खाएको भन्दै हिड्ने गर्दछन् । एसएसपी कुँवर र टेलिकमका कर्मचारी भएर सुरक्षा निकायका ठेक्का लिने टोपेन्द्र बीसीबीच घनिष्ठता रहेको छ । बुढानीलकन्ठको हात्तीगौंडामा घर पनि सँगै भएकाले कुँवरले बीसीलाई नै सकेसम्म सशस्त्रका ठेक्का दिने चाँजोपाँजो मिलाउने गरेको आरोप छ ।
सोल्टी होटलको उक्त भब्य भोजमा भोजमा नेपाल प्रहरीका पूर्वएआईजी हरि पाल, प्रहरीकै पूर्वडीआईजी घनश्याम अर्याल, सशस्त्रमा शैलेन्द्र खनालको कार्यकालमा प्रबन्धमा बसेका र हाल प्रशासन बिभागमा कार्यरत डीआईजी दीपेन्द्र शाहलगायतका धेरै सम्भाररथी, प्रशासन, प्रबन्ध र लेखामा कार्यरत सेना, प्रहरी, सशस्त्रका पूर्व र बहालवाला धेरै अधिकृतहरुको उपस्थिति थियो ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend